Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, October 13, 2015

​एन आर एन कोरियाको अधिवेशन अवैधानिक भएको भन्दै आईसिसिमा निवेदन

अशोक पोखरेल 

एन आर एन दक्षिण कोरियाको सेम्टेम्बर २० र २९ मा भएको अधिवेशन अवैधानिक भएको भन्दै आईसिसिमा निवेदन परेको छ । अधिवेशन र निर्वाचन प्रकृया गर्दा संस्थाको विधानलाई मिचेर गरिएको हुदा यसलाई मान्यता दिन नहुने भन्दै अन्तराष्ट्रिय समन्वय समितिमा निवेदन परेको छ ।

एन आर एन कोरियाका संस्थापक सदस्य तथा निवर्तमान सल्लाहकार समेत रहेका यज्ञराज सुवेदीले यो निवेदन दिएका हुन । उनी अध्यक्षका अध्यक्षका प्रत्यासीका रुपमा चर्चामा रहेको भएपनि सामाजिक संस्थाको गतिविधि संस्थागत र पारदर्शि हुन नसकेको भन्दै उम्मेदवारी दिएका थिएनन ।
 के के छन त आईसिसिमा परेको निवेदनमा एन आर एन कोरियाका अवैधानिक गतिविधिहरु

१)सर्व प्रथम त एन आर एन को विधान के हो  ? त्यसमा भएका व्यवस्था अनुसार काम भए नभएको अन्तराष्ट्रिय समन्वय समितिले आफैले मुल्यांकन गर्नुपर्दछ ।
२)विधान बमोजिम अधिवेशन अगाडि नै पंजीकृत सदस्यको नामावली सार्वजनिक गरि सदस्यता कार्ड वितरण गर्नुपर्नेमा सदस्यतामा मनपरी गरी बारम्बार अधिवेशन सार्ने काम गरिएको छ  ।
३)निर्वाचनका दिन सम्म पनि आधिकारीक सदस्यहरुको नामावली प्रष्ट पार्न नसक्नु र सदस्य बनेकाहरुलाई समेत विधान अनुसार सदस्यता कार्ड वितरण नगरी ठेक्का प्रथाको रुपमा ठेकेदारहरु मार्फत सदस्यता कार्ड वितरण गरी फर्जि मत हाल्ने काम गरिएको छ ।
४) अधिवेशनको व्यवस्थित गर्नुको सट्टा मनपरी ढंगले सार्ने काम गर्नु र १० प्रतिशत समेत उपस्थित नभई अविवेशनको पहिलो सत्र सकिएको नाटक मञ्चन गरिएको छ । २३५० मतदाता तोकिएकोमा १५० पनि उपस्थित नभएको एन आर एन आईसिसि का उपाध्यक्ष भवन भट्ट समेत साक्षी भएको हुदा यसलाई कुनै हालतमा मान्यता दिनु हुदैंन  ।
५)वन्द सत्रमा आर्थिक प्रतिवेदन पेश भयो , तेश्रो कार्यसमिति  र चौंथो दुवै आर्थिक प्रतिवेदन पास हुन सकेनन । अहिलेको कार्यसमितिले १ करोड ५० लाख वन पहिलाको कार्यसमितिलाई दिएको विषयमा विवाद भयो यो विवाद भनेको अघिल्लो र अहिलेको दुवै कार्यसमितिको विषय थियो  । यो मात्र होईन अहिलेको कार्यसमितिका यस बाहेकका नेपाल हाउस , भुकम्पको राहत लगायत करोडौंको हिसाव पारदर्शी हुन सकेको थिएन । वार्षिक लेखा समितिले हिसाव पास गर्नुपर्ने वैधानिक व्यवस्था अनुसार काम नगरेको हुदा यो अति नै खेदजनक विषय हो यसमा करोडौंको आर्थिक अपारदर्शिताको कुरा उठेको छ यसमा गम्भीर भएर छानविन हुनुपर्दछ ।
६)अधिवेशनको क्रममा आर्थिक विषमा ठूलो विवाद भयो अनि निर्वाचन समितिले अनिश्चित कालको लागि अधिवेशन स्थगित भएको घोषणा गरयो । यो कुराको पुष्टि अर्को दिन कोरियाबाट संञ्चालिन मिडियामा अधिवेशन अनिश्चित कालको लागि स्थगित भन्ने समाचार आउनुबाट पनि पुष्टि भएको छ ।
अधिवेशन स्थगित हुदा ३ दिन भित्र आर्थिक हिसाव सार्वजनिक गर्ने भनिएको थियो  त्यो हुन सकेन । तर षडयन्त्रपूर्वक अधिवेशन स्थगित भएको केही समय पछि शुरु गरियो त्यो बेला पुनः स्थगित भनेर मानिसहरु गएपनि कसरी कार्यक्रम हुन्छ भनेर विवाद पनि भयो । तर पेलेर मनलाग्दी ढंगमा अगाडि बढने पुरानो कार्यसमिति र निर्वाचन मण्डलको कारण उम्मेदवारी दर्ता गर्न बसेका केही व्यक्तिहरु मात्रै भएको अवस्थामा मनलाग्दी विधान संसोधनको खेल भयो ।
७)एन आर एन निर्वाचन नियमावली अनुसार कुनै पनि धार्मिक र राजनैतिक पार्टीको पदमा भएको व्यक्तिले उम्मेदवारी संगै राजिनामा दिनु पर्ने भनिएको थियो । तर यस बारेमा दावी विरोध पर्दा पनि निर्वाचन समितिले छानविन समेत गरेको छैन ।
८)एनआरएनको विधान अनुसार आईसिसि सदस्य हुन एन सिसिमा एक कार्यकाल पुरा गरेको हुनुपर्ने भए पनि एक कार्यकाल पुरा नभएको व्यक्तिलाई उम्मेदवार बन्न दिने विधान विपरित देखिएको छ ।
९)एन आर एन अधिवेशन  र विधानसभामा ५० प्रतिशत तथा बढि व्यक्ति उपस्थित भएको पाइएको छैन । कुनै पनि संघ संस्थाको साधारण सभामा ५० प्रतिशत भन्दा बढि व्यक्तिको उपस्थिती हुनुपर्ने सामान्य नियमलाई समेत पालना भएको छैन । अधिवेशन स्थलमा प्रवेश गर्ने दिन सम्म कति जना सदस्य संख्या भएको देखि कार्ड वितरण कुनै पनि काम नभएको र अधिवेशन जस्तो ठाउमा मनलाग्दो ढंगमा जुनसुकै व्यक्तिको उपस्थितीले यो अधिवेशन अवैधानिक भएको छ ।
१०)केन्द्रिय समितिले ३ जना विधान समिति बनाएपनि संयोजकले २ जना संग छलफल नै नगरी एक्लैले विधान संसोधन प्रस्ताव गरेको त्यसमा पनि वरिष्ठ उपाध्यक्ष थप गर्ने , एक सचिव थप ,सह कोषाध्यक्ष जस्ता पदहरु कसले प्रस्ताव गरेको भन्ने समेत खुलाईएको छैन । यसको कुनै अभिलेख समेत पाइएको छैन । संसोधन गर्ने भनेको विधानमा यसप्रकारको हस्ताक्षर समेत नदिएको । विधान अधिवेशनमा छलफलको लागि कुनै उपस्थित सदस्यहरुलाई वितरण नगरी मौखिक रुपमा गर्ने काम गरिएको हुदा विधान संसोधन प्रकृया समेत पुर्ण अवैधानिक छ ।
११)विधान पास गरिएको अन्तिम समयमा २० देखि २५ जना भन्दा बढि व्यक्ति थिएनन तर अर्को महत्वपूण विषय के थियो भने उम्मेदवारलाई आईसिसिमा ८ लाख देखि माथि नहुने गरी निर्वाचन मण्डलले गरेको बाचा पनि कार्यन्वयन भएन र त्यो बेला २९ तारिख कोरियाको सार्वजनिक विदा नभएको बेला अधिवेशन गर्न नसक्ने हुदा २८ मा सार्नपर्ने मागलाई भने निर्वाचन मण्डलले सुनेन ।
१२)यो विवादै विवादको वावजुन २९ तारिख निर्वाचन गर्ने भनियो । विधान विपरित आर्थिक विषयहरु पार नलगाई बल पूर्वक अधिवेशन गर्ने खेल भएको थियो केन्द्रलाई पनि भोट हाल्ने कोरियाको सदस्य चाहिएको थियो त्यसकारण केन्द्रका पदाधिकारी र कोरियाको एन आर एन एन सि सि यो षडयन्त्रमा लागेको गन्ध देखिन आएको छ ।
१३) २९ तारिख विवाद गर्दा पनि सदस्यता तथा आर्थिक विवाद कायमै थियो ।
१४) २७ तारिख निर्वाचन समितिले विभिन्न उम्मेदवारहरुलाई बोलाएर छलफल गरेको थियो । त्यसमा पहिलोको दिनमा कमि कमजोरी भएपनि आगामी दिनमा विधान अनुसार कार्य गर्ने निर्णय भयो । तर ठेकेदार मार्फन पुन कार्डहरु वितरण गर्ने फर्जि मत हाल्ने जस्ता काम गरेर विधानको खिल्ली उडाउदा पनि निर्वाचन मण्डल निरिह बनेर बस्यो ।
१५ )निर्वाचन चलिरहदा पनि पहिलेका कोषाध्यक्ष खगेन्द्र गुरुंग लगायत धेरै नेपालीहरुले विरोध गरेका थिए । नामावलीमा भएको मनलाग्दी , कार्ड समयमा नबनाउनु, ठेकेदारी सिस्टमले कार्ड वितरण गर्ने , मनलाग्दी ढंगले फर्जि भोट खसाल्नु , ५ महिना पनि नपुगेकाको सदस्य बन्नु जस्ता गम्भीर कारणले हरुले गर्दा एन आर एन कोरियाको पाचौं अधिवेशन निष्पक्ष हुन नसकेको र यसमा गरिएको विधान विपरित कामको कारण यो अधिवेशनलाई मान्यता नदिन अनुरोध गरिन्छ । यस प्रकारको अधिवेशनको सम्बन्धमा कोरियाका विभिन्न संघ संस्थाको प्रतिनिधिहरु सामुहिक रुपमा समेत वहिस्ष्कार गर्ने घोषणा गरेको अवस्थामा पुगिसकेको हुदा एन आर एन कोरियालाई बचाउनको लागि यथासक्य छिटो यो अधिवेशनलाई वदर गर्न माग गर्दछु ।
अन्यथा यसबाट भविष्यमा आउने परिणामको जिम्मेवारी समेत अहिलेको सम्पूर्ण टिमले लिनुपर्ने ध्यानाकर्षण गराउन चाहन्छु ।

निवेदक
यज्ञराज सुवेदी
एन आर एन कोरिया संस्थापक सदस्य तथा निवर्तमान सल्लाहकार

No comments:

Post a Comment