Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, October 1, 2015

गीतकार इन्द्रजित लाओती को गीति एल्बम “रहर”को विमोचन कार्यक्रम सम्पन्न

रमेश खावाजु  
 कोरियाको महान चाड छुसकको अवसरमा सेप्टेम्बर २७ तारिकका दिन सउलमा गीतकार इन्द्रजित लाओती
 ( पूर्वेली गाउले ) को पहिलो गीति एल्बम “रहर”को अडीयो विमोचन कार्यक्रम  सम्पन्न भएको छ l 
कोरियाको राजधानी सउलको दोङदेमुनस्थित सुभेक्छा रेष्टुरेन्टमा  एनआरएन कोरियाका अध्यक्ष बिनोद कुँवरको  प्रमुख आतिथ्यमा बिमोचन कार्यक्रम  सम्पन्न भएको थियो l  कार्यक्रममा एनसिसि कोरिया पुर्व अध्यक्ष लोचन राई , वोमन फर वोमनको पुर्व अध्यक्ष जुनु गुरुङ ,नेको खबर डट कमका प्रधान सम्पादक  मिन प्रकाश उप्रेती ,लगाएत बिभिन्न संघ सस्थाको प्रतिनिधी, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा संगीत प्रेमीहरूको उत्साहपूर्ण उपस्थिती रहेको थिए  l गीतकार लाओतीले  बिमोचन कार्यक्रममा सहभागी भई  हौसला बढाईदिनु हुने  कोरियाबासी    नेपालीहरुलाई धन्यबाद   ब्यक्त  गरेका थिए  l

कार्यक्रममा गीतकार इन्द्रजित लाओती( पूर्वेली गाउले ) द्वारा रचित ''धेरै मायाँ '' गीतको नंया  म्युजिक भिडियो सार्वजनिक  गरेको  थियो  l प्रशिद्द नेपाली गायक प्रमोद खरेलको स्वर रहेको ''धेरै माया '' गीतका संगीतकार राज शुक्र लिम्बु रहेका छन् l  कोरिया सउलमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशक तथा  भिडियो सम्पादक साम लिम्ब , मोडलहरु हेलोन, गजेन, इन्द्रजीत द्वारा अभिनय गरेका छन् l
 ४ बर्ष अघि इपिएस मार्फत दक्षिण कोरिया प्रवेश गरेका इन्द्रजित लाओतीले कोरियाको कडा  परिश्रम गरेर फुर्सद समयलाइ सदुपयोग गर्दै यस अघि पनि बिभिन् गीतिहरु निकालिसकेका छन् l इन्द्रजित लाओतीद्वारा निकालिएको नया एल्बम ''रहर'' गीति एल्बममा संगीतकार डी आर अटु ,महेश खड्का र  राजशुक्र लिम्बुले संगीत दिएका छन् l त्यसै गरि यस एल्बममा गायक तथा गायिकाहरु   दिपक लिम्बु ,अन्जु पन्त ,उतम जंग लिम्बु ,मेलिना राई, परिहास सुब्बा ,प्रकृति थलङ , गोबिन्द खजुम ,सि.डी .बिजय , प्रमोद खरेल ,सुन्दर पदम लाओतीले स्वर दिएका छन् l यस एल्बमका ''  बोलाउन मन लाग्छ ''  लगायत अन्य केहि गीतहरु केहि समय अघि नै चर्चित भइसकेका  छन् l ''रहर'' एल्बममा रहेको  सिडी बिजय अधिकारीद्वारा गाएको गित ''जब साँझ पर्दै गयो '' को म्युजिक भिडियो निर्देशक रमेश संग्रौलाको निर्देशनमा छायांकन गरिरहेको जानकारी गीतकार लाओतीले नमस्ते नेपाल कोरिया डटकमलाइ बताए l


No comments:

Post a Comment