Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 23, 2015

छुसकमा जेजु दोमा '' Thanksgiving Festival " कार्यक्रम हुने

रमेश खावाजु 
आउदो सेप्टेम्बर २८ तारिकका दिन जेजु प्रवासि केन्द्रले जेजु दो शहरमा '' Thanksgiving Festival " को आयोजना गर्ने भएको छ l

 जेजु राष्ट्रीय विश्वविद्यालयमा छुसकको  अवसरमा गर्न लागेको यो कार्यक्रममा कोरिया रहेका बिभिन्न देशका नागरिकहरुको भेटघाट तथा रमाइलो कार्यक्रम गर्ने उदेश्यले हरेक बर्ष यो कार्यक्रम गरिन्छ l
 यो कार्यक्रममा रमाइलो खेलकुद प्रतियोगिता , भाग्यसाली चिठा,फ्री हेल्थ चेक अप लगायत अन्य बिभिन्न कार्यक्रम हुने जेजु नेपाली कमिटिका संयोजक सुभद्रा लिम्बुले नमस्ते नेपाल कोरिया डट कमलाइ बताइन  l नेपाली कमिटिका संयोजक लिम्बुले सो  कार्यक्रममा सहभागी हुनको लागि जेजु दोमा रहेका सम्पूर्ण नेपालीहरुलाइ अनुरोध गरेकी छिन l सो कार्यक्रममा खाना तथा बसको व्यवस्था गरिएको छ l


आयोजक: जेजु प्रवासि केन्द्र
मिति : २०१५ सेप्टेम्बर २८
समय - १ बजे देखि ६  बजे सम्म
स्थान: जेजु राष्ट्रीय विश्वविद्यालय
सहयोगी : सिओगविपो प्रवासि केन्द्र, जेजु बहुसांस्कृतिक परिवार समर्थन केन्द्र, सिओगविपो बहुसांस्कृतिक परिवार समर्थन केन्द्र,जेजु नेपाली कम्युनिटी,जेजु फिलीपिन कम्युनिटी, प्रवासी महिला आश्रय,
साथै बस को व्यवस्था ; हाल्लिम (जेजु बैंक अगाडि), सिओगविपो (सगिफो अदालत कार्यालय अगाडि,), संग्सान (मत्स्य पालन को अगाडी )

No comments:

Post a Comment