Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 8, 2015

कोरियामा नेपालीहरु निम्न कुराहरुमा सचेत रहन आवस्यक

नमस्ते नेपाल कोरिया
९ सेप्टेम्बर ,२०१५ 
 कोरिया ।
सोलस्थित नेपाली दूताबासका श्रम सहचारी अनिल गुरुङले बिशेष गरी ई पि एस  रोजगार अनुमति प्रणाली मार्फत कोरिया आएका नेपाली कामदारलाई ११ सुझाव दिएका छन् | ती सुझावहरु निम्न अनुसार छन् :-

कोरियामा  नेपाली कामदारले ध्यान दिनुपर्ने   श्रम सहचारी अनिल गुरुङको ११  सुझावहरु :-


(१) बिहान काममा जानका लागि समयमा नै उठुनु होस् । नित्य कर्मबाट निवृत भई सके पछि आफूले गर्नु पर्ने कामको बारेमा शारिरिक तथा मानसिक रुपमा तयार हुनुहोस् । ओछ्यानबाट उठेर सोझै काममा जानु भन्दा केही समय अघि उठेर हल्का व्यायाम गरेर काममा संलग्न हुंदा शारिरिक तथा मानसिक रुपमा लाभदायक हुन्छ । कार्यस्थलमा मोबाईल नलैजानुहोस् । कोरियाली रोजगारदाताहरु कार्यस्थलमा मोबाईलको प्रयोग चाहनन् । कार्यस्थलमा मोबाईल प्रयोग गर्दा कामको गुणस्तर न्युन हुने तथा दुर्घटना समेत हुन सक्छ ।


(२) कोरियामा बढी जाडो हुने हुंदा चिसो भयो भनेर पानी कम पिउने प्रवृति पनि देखिएको छ । चिकित्सकहरुको भनाई अनुसार हामी हिटिंग सिस्टममा बस्दा अप्राकृतिक तापले गर्दा शरीरमा पानीको कमी हुने हुंदा अझ बढी पानीको आवश्यकता पर्दछ । प्रशस्त मात्रामा पानी तथा झोल पदार्थ पिउनुहोस् । शरीरलाई आवश्यक पर्ने मात्रामा संतुलित भोजन गर्नुहोस् । मासु मात्रै होईन, पर्याप्त साग पात, फलफूल पनि सेवन गर्नुहोस् ।

(३) आफू सुत्ने कोठामा भेन्टिलेसन छ कि छैन् हेर्नुहोस् । हिटिंग सिस्टममा अक्सिजनको कमी हुन सक्ने हुनाले पर्याप्त मात्रामा अक्सिजन कोठामा प्राप्त हुन सक्ने गरी भेन्टिलेस्न खुला गर्नुहोस् ।

(४) निद्रा  हाम्रो स्वास्थ्यको लागि अति आवश्यक छ । पर्याप्त मात्रामा निदाउनु पनि स्वास्थ्यको लागि जरुरी छ । समयमा सुत्नुहोस्, समयमा उठ्नुहोस् । राती अबेर सम्म ननिदाएर बस्दा दिउंसो काम गर्न असहज हुन सक्छ । शारिरीक तथा मानसिक रुपमा तन्दुरुस्त हुन पनि पर्याप्त मात्रामा निदाउनु आवश्यक छ । राती अबेर सम्म ईन्टरनेटमा भुल्नु भन्दा समयमा नै निदाउनु बेस हुन्छ ।


(५) आफूले काम गर्ने मेसिनको बारेमा राम्ररी बुझ्नु होस् । मेसिनमा काम गर्दा दुर्घटना हुने अत्याधिक समस्या रहेको हुंदा, मेसिनको संचालन विधि, सुरक्षाका उपायहरु तथा पर्याप्त सर्तकता अपनाउनुहोस् । मेसिनमा काम गर्दा बढी सर्तक हुनुहोस् । औद्यौगिक दुर्घटनाबाट बच्नुहोस् ।

(६) कुनै पनि शारिरीक वा मानसिक समस्या भएमा उपचार गराउनुहोस् । रोग नलुकाउनु होस् । समयमा नै उपचार गरेमा रोग चांडो निको हुने तथा कम जोखिम तथा कम खर्च लाग्दछ । रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्दै नलागोस भन्ने तर्फ सर्तक रहनु होस् ।

(८) कोरियाली कानूनको पालना गर्नु होस् । अनुमति बिना कसैको पनि खासगरि महिलाहरुको फोटो नखिच्नुस । बिशेष कारणले तश्वीर लिनु परेमा अनुमति लिएर मात्र खिच्नुहोस् ।

(९) कार्यस्थलमा कसैलाई पनि यौन दुर्रव्यवहार नगर्नुस । आफूलाई कसैले यौन दुर्रव्यवहार गरेमा प्रमाण सहित प्रहरीमा उजुरी गर्न सकिन्छ ।

(१०)आफूलाई कुनै बिषयमा कुनै उत्सुकता भए सम्बन्धित निकायमा सोध्नु होस् । कुनै पनि भ्रामक कुरामा नपर्नुहोस् ।

(११) मादक पदार्थ सेवन तथा धुम्रपान नगर्नु होस् । दूध, दही, जुस ईत्यादि सेवन गर्नु होस् । संधै प्रसन्न् चित्त रहनुहोस्।

No comments:

Post a Comment