Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 8, 2015

विनोद चौधरी एशियाका दानवीरको सूचीमा

काठमाडौं । नेपालका उद्योगपति विनोद चौधरी एशियाका दानवीर व्यक्तिहरुको सूचीमा परेका छन् ।

फोर्ब्स एशियाले हालै मात्र १३ देशका ४० दानवीरको सूची बनाएको छ, जसमा पहिलोपटक नेपालीको नाम समावेश भएको हो ।

दानवीरहरुको सूची बनाउनेे क्रममा एक वर्षमा गरिएको दानलाई मात्रै नहेरेर उनीहरुको विगतको रेकर्ड पनि हेरिएको फोब्र्सले जनाएको छ । ठूला फाउन्डेसन निर्माण गर्ने, ठूला परियोजनाहरु सञ्चालन गर्ने र समाजमा वर्चश्व स्थापित गरिएकाहरुलाई सूचीमा राखिएको फोब्र्सको भनाइ छ ।

समाजसेवामा अत्यधिक उत्साही भएर लागि परेका केहि कम परिचित व्यवसायीहरुलाई पनि सुचीमा स्थान दिइएको छ । साथै समाजसेवाको प्रवर्द्धन गर्न आफ्नो स्टार पावरलाई प्रयोग गर्न सक्षम व्यक्तिहरु पनि सुचीमा छन् ।

६० वर्षीटय चौधरीले नेपालमा गत वैशाखमा आएको विनाशकारी भूकम्पपछि राहत कार्यमा सक्रिय भएर खटेको फोब्र्सले उल्लेख गरेको छ । ‘कम्पनीको प्रधान कार्यालय गम्भीर रुपमा क्षतिगस्त हुनुको बाबजुद उनले आफूले सञ्चालन गरेका आठ विद्यालयहरुमा तत्कालै टहरामा सार्न आदेश दिए र आफ्नो उत्पादन वाई वाई चाउचाउ निःशुल्क वितरण गर्न लगाए । उनले भुकम्पबाट अत्यधिक क्षति भएका १२ जिल्लामा स्वास्थ्य कार्यकर्ताहरुको व्यवस्थापन समेत गरे’ फोब्र्सको विज्ञप्तिमा भनिएको छ-‘त्यसयता उनले सिजी फाउन्डेसनमार्फत भूकम्पपिडितका लागि २५ लाख डलरको सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।’

छिमेकी देश भारतका सात जना एसियाका दानवीरहरुको सूचीमा परेका छन् । फोब्र्सले दानवीरहरुको सूचीमा परेका ४० जनाकै नाम भने सार्वजनिक गरेको छैन ।



No comments:

Post a Comment