Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 8, 2015

पिडामा परेका मनोजलाई सहयोगको लागी कोरियामा अपिल

नमस्ते नेपाल कोरिया
९ सेप्टेम्बर ,२०१५ ।
जीबी लामा , कोरिया ।
सोल-प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हात हरु महान हुन्छन, तपाई हाम्रो हातहरु पनि महान बनाऔ मृगौला पिडितलाई सहयोग गरेर विदेशमा पसिनै बगाएर भएपनी राम्रोसँग कमाउँला र परिवारसँग खुसीका साथ जिबन बिताउने सपना थियो च्यासिङ्खर्क गा.वि.स.२, काभ्रेका ३० बर्षीय मनोजकुमार रुम्बाको ।

५ वर्ष विदेशमा पसिना बगाएर कमाएको पैसाले न त परिवारमा सुख नै दिन सके न त सपना नै पुरा गर्न नै । कारण हो उनको दुवै मृगौला फेल भएकोले l घरको आर्थिक अवस्था कमजोर भएका कारण साउदी अरबमा ५ वर्षसम्म क्याट्रिङ सर्भिसमा दुख र संघर्ष गर्दै घर फर्किका उनको सपना सपनामै सिमित भयो ।

२०७० साल असार २९ गते घर फर्केका उनको सुरुमा घुडा दुखेको लक्षण देखा पर्यो । स्वास्थ्यमा दिन प्रतिदिन समस्या बढेपछी साउन ८ गते बिर अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा युरिक एसिड (बाथ रोग) भएको रिपोर्ट देखियो तर खासै चासो लिएनन उनले । साउदीमा ५ वर्ष श्रम गरेका उनले विदेशमा गएर कमाएको पैसा पुरानो ऋण तिर्न मात्रै ठिक भएपछि फेरी विदेश जाने सोच बनाए ।


काठमाण्डौ चुचेपाटीस्थित लालधनुस मेनपावर कम्पनीमा पासपोर्ट एल्पाई गरे मनोजले । मंसिरमा विदेश जाने भनेर स्वास्थ्य परिक्षणका लागि रगत र पिसाब जाँचेको भएपनी मृगौला सम्बन्धि समस्या देखीएको थिएन । एक्कासी घाँटी दुख्ने र नाकबाट रगत बग्न थालेपछि चैत्र ३० गते शिर मेमोरियल अस्पताल बनेपामा स्वास्थ्य परिक्षण गर्दा मृगौलामा समस्या भएको रिपोर्ट देखियो । सोही दिन चिकित्सकले त्यहाँ उपचार हुन नसक्ने भन्दै मडिकल कलेज तथा शिक्षण अस्पताल इमाडोल–६ ललितपुरमा रिफर गर्यो l अस्पतालमा दुबै मृगौला फेल भएको रिपोर्ट आएपछि उनी मर्नु र बाच्नुको दोसाधमा पुगे ।


एकतातिर निम्न परिवारमा जन्मिएकाले विहान बेलुका छाक टार्न समेत धौ–धौ छ अर्कोतिर विदेश गएर धन कमाई सुख संग बस्ने सपना साचेका उनी दुवै मृगौला फेल भएकोले उपचार गर्न समेत कठिन । घरको परिवार पाल्न ज्याला मजदुरी गर्नुपर्ने उनको बुबा रुद्र बहादुर रुम्बाले भने छोरोको उपचार गर्न घरको जाहे जेथा बेच्ने र लालपुर्जा समेत बन्धकीमा राखेर पनि मृगौला पिडित छोरालाई बचाउँन उनलाई हम्मेहम्मे परेका छ । सहयोगको लागी हातहरु थापे उनले छोराको उपचारको लागि कतैबाट सहयोग जुटाउन नसकेपछि अन्तत उनी दुखी बने। उपचारको लागि आफन्त र गाउँमा ऋण खोज्दै हिडेपनि ऋण पाएनन् उनले । उता छोरा मनोज दुवै मृगौलाले काम गर्न छाडेपछि मृत्युको मुखमा अस्पतालको बेडमा छट्पटाई रहेका छन् ।

धुलिखेल अस्पतालमा उपचार गरिरहेका उनलाई मृगौला प्रत्यारोपणको लागी १०/१२ लाख खर्च लाग्ने बताइएको छ । बिरामीमा बुबा रुद्रबहादुर रुम्बाले छोरा बचाउन आफ्नो मृगौला दिन तयार भए पनी आर्थिक अभाबका कारण मृगौला प्रत्यारोपण गराउन सकिरहेका छैनन l

त्यसकारण कोरियामा रहनु भएका नेपाली दाजु भाई दिदी बहिनी, विभिन्न संघ संस्था हरुलाई सहयोगको लागी अनुरोध गरिएको छ l

सहयोगका लागि सम्पर्क ब्यक्तिहरु:-
तपस तामाङ 01047263748
acc.no. 676210165047 khyangnam bank(code no.039)(타파스)
सानू कान्छालाल वाईबा 01059641729
गुन्जमान तामाङ 01064639252
बिजयकुमार थोकर 01048658420
नेपालको लागि – मनोजकुमार रुम्बा (बिरामी ) मो.न.:- 9803492326 acc.no.:- 081428724652001
सुकुमाया रुम्बा(श्रीमती बिरामिको ) nic bank (suryabinayak)

No comments:

Post a Comment