Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 29, 2015

बैंक अफ काठमाडौले जगेडा कोषसमेत उपयोग गरी २६ प्रतिशत बोनस शेयर दिने

बैंक अफ काठमाडौ(BOK)ले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई २६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई आकर्षक बोनस शेयर दिएर चुक्ता पूँजी दुई अर्ब ६७ करोड पुर्याउने प्रस्ताव गरेको हो ।

 गत बर्ष ३३ करोड खुद नाफा गरेको बैंकले पूँजी जगेडा कोष समेत उपयोग गरी बोनस शेयर बाड्ने प्रस्ताव गरेको हो । बैंकले आगामी दुई बर्षसम्म २६ प्रतिशतका दरले बर्षेनी बोनस शेयर र अपुग रकमलाई हकप्रद जारी गरेर चुक्ता पूँजी आठ अर्ब पुर्याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ ।

बैंकले आफैलाई सक्षम बैंकको रुपमा अगाडि बढाउन चार वटा बाणिज्य बैंकसँग मर्जर र एक्विजिशनको कुराकानी अगाडि बढाएको एक अधिकारीले जानकारी दिए । यसमा लुम्बिनी लगायतका समानस्तरका बैंकहरु रहेका छन् ।

No comments:

Post a Comment