Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 29, 2015

भारतीय नाकाबन्दीका बीच खुल्ने भो तातोपानी नाका, के के आउँदैछ ?


काठमान्डौ
भारतीय नाकाबन्दीले आहत बनेका नेपालीहरुका लागि खुशीको खबर छ । भुकम्पले झण्डै ६ महिना अघि अबरद्ध बनेको नेपालको उत्तरी छिमेकी चीनसँगको तातोपानी नाका बढीमा तीन दिन भित्र खुल्ने भएको छ । नेपाल तर्फ झरेको पहिरो हटाएर बाटो तयार पारिएपछि तीन दिनपछि मालबाहक गाडीहरु एकतर्फी रुपमा संचालन हुनसक्ने बताईएको छ ।
नेपालमा संविधान जारी भएपछि दक्षिणी छिमेकी भारतले अघोषित रुपमा नाकाबन्दी लगाएर समस्या उत्पन्न भएकोमा बैकल्पिक व्यवस्थाका लागि उत्तरतर्फको अबरुद्ध नाका खोल्न सरकारमाथि दबाब परेको हो ।
काठमाडौदेखि सिन्धुपाल्चोकको बाह्रविसेसम्म अहिले यातायात संचालन भईरहेको अबस्थामा बाह्रविसेदेखि तातोपानिको लिपिङसम्म २६ किलोमिटर सडक सरकारी तथा ब्यापारिक संघसंस्थाहरुको सक्रियतामा खोलिदै छ । चीन तर्फको मितेरी पुलसम्मको सडक भने चालु भईसकेको छ ।
तातोपानी नाका खुले पनि त्यहाँबाट नेपाललाइृ तत्काल चाहिएको डिजल, पेट्रोल आयात हुन भने सक्ने छैन तर भुकम्पपछि अडकिएका कन्टेनरहरुमा लादिएका लत्ता कपडा, ईलेक्ट्रोनिक लगायतका सामानहरु भने राजधानी ल्याउन सकिने भएको छ । दशै नजिकिएकाले तातोपानी नाका खुल्दा खासाबाट सामान झिकाएर काठमाडौमा ब्यापार गर्नेहरुलाई धेरै राहत पुग्ने देखिएको छ । नेपालले पहल गरेमा पेट्रोलियम पदार्थ पनि आयात हुनसक्ने तर समय लाग्ने बुझिएको छ ।
नेपालको आग्रह पछि चीनले पनि केरुड. नाका चालु गर्न पनि तदारुकता देखाएको छ ।
चीनले भारतको नाकाबन्दीलाई मध्यनजर गर्दै नेपाललाई सबै प्रकारको सहयोग गर्न तयार रहेको धारणा सार्वजनिक गरिरहेको छ ।
-मेरो  लगानी


No comments:

Post a Comment