Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 22, 2015

कोरियामा ''मुग्लान''को छायांकन सम्पन्न

कृष्ण  पुरी (नमस्ते नेपाल कोरिया डट कम )
 २३   सेप्टेम्बर २०१५ , दक्षिण कोरिया
कृष्ण पुरी ,कोरिया
कोरियामा  कडा परिश्रम गर्दै फुर्सदको समयको सदुपयोग गर्दै निर्देशक प्रकाश शर्माद्वारा निर्देशित गरिएको परदेशी जीवनकथामा आधारित   'मुग्लान'  एल्बमको ‘नझार्नु आशु ’गित कोरियामा छयांकन सम्पन्न गरेका छन् l

कोरीयामा इपिएस मार्फत नेपालीहरुको प्रवेश गर्ने नेपालीहरुको संख्या ३० हजार नाघिसकेका छन् l  नेपालीहरु पछिल्लो समयमा आएर कोरियाको कडा परिश्रम गरेर फुर्सदको समयको सदुपयोग गरि बिभिन्न म्युजिक भिडियोहरु छयांकन तथा निर्देशन आकर्षण तर्फ  बढिरहेको छन।

कोरियामा नेपालीहरुद्वारा बिभिन्न म्युजिक भिडिओहरु पनि छयांकन निर्देशन तर्फ आकर्षण बढिरहदा  नेपालका सर्बाधिक शिखरमा रहेका चर्चित संगितकार राजकुमार बगर द्वारा संगितवद्ध ,चर्चित गायक प्रमोद खरेल को सुमधुर स्वरमा सजीएको मनांग लिम्बुको शब्दमा परदेशी यथार्थ जीवनकथामा आधारित पहिलो   'मुग्लान ' एल्वमको गीत...  को  म्युजिक भिडियोको सुटिङ कोरियामा छयांकन निर्देशन गरी  सम्पन्न गरिसकिएको  छ।
निर्देशक  तथा मोडल प्रकाश शर्माले निर्देशन गरेको यो म्युजिक भिडियो ‘नझार्नु आशु ’ कोरियामा रहनुभएका  अति लोकप्रिय कलाकार रोसना  फुच्ची, र स्वयम् प्रकाश शर्माले पनि अभिनय गर्नुभएको छ  । म्युजिक भिडियो कोरियाको राजधानी सोलको विभिन्न रमणीय स्थलहरुमा छायाँङकन गरिएको छ ।उक्त गीत परदेश जिबनका दुख सुख ,यादहरु मा आधारित रहेको छ   । सो  म्युजिक भिडियोको छायाँंकन कमल ओली  ले गरेका हुन् ।






No comments:

Post a Comment