Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 29, 2015

नाकाबन्दीका बावजुत पनि नेप्सेमा हरियाली, बैंक अफ काठमाडौको वर्चश्व

भारत सरकारले लगाएको अघोषित नाकाबन्दी लगाएपछि प्रभावित बनेको शेयरबजार मंगलबार भने केहि सच्चीएको छ । अघिल्लो दिन १७ अंकले घटेको नेप्से मंगलबार झण्डै दश अंकले बढेको छ । मंगलबार नेप्सेमा हरियाली छाउँदा २६ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको बैंक अफ काठमाडाले कारोबार रकम, कारोबार संख्या र कारोबार भएका शेयर संख्याका आधारमा सबैलाई पछि पारेको छ ।
 सोमबार कारोबार अवधिभर कुनैपनि समूहमा हरियो बत्ती नबलि राताम्मे बन्द भएको बजार मंगलबार भने सबै समूहमा हरियालि छाएर बन्द भएको छ ।

यसदिन नेप्से ९.२१ अंकले बढेर ११६९.३० अंकमा पुगेको छ । बजारमा कारोबार भएका सबै समूहका सूचक उकालो लागेपछि समग्र नेप्से चढेको हो ।

मंगलबार बीमा,जलविद्युत र बैकिंग समूहले समग्र नेप्सेलाई उकासेको हो ।

मंगलबार बैंक अफ काठमाडौको सबैभन्दा बढि ५ करोड ४२ लाख रुपैयाँ बढिको कारोबार भएको छ । यसदिन बिओके कारोबार संख्या,कारोबार रकम र कारोबार भएका शेयर संख्याको आधारमा सबैभन्दा अगाडि रहेको छ । यसदिन बिओकेको ८६ हजार कित्ता शेयर २७३ कारोबारबाट खरिद बिक्री भएका छन भने शेयर मुल्य समेत ८.७२ प्रतिशतले बढेको छ ।



त्यसैगरि मंगलबारको कारोबारमा सानिमाले ४ करोड बढिको कारोबार गर्दा इन्भेष्टमेन्ट बैंक प्रोमोटर र एभरेष्ट बैंकले पनि ३ करोड बढिको कारोबार गरेका छन ।
यसदिन कालिञ्चोक डिभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र अरुण फाइनान्सका लगानीकर्ताको नाफा झण्डै दश प्रतिशतले बढेको छ । त्यस्तै बैंक अफ काठमाडौको पनि करिब नौ प्रतिशतले बढिले शेयरमुल्य बढेको छ ।

मालिका विकास बैंक,एनआईडिसी क्यापिटल, जेबिल्स फाइनान्स तथा छिमेक लद्युवित्त लगायतका कम्पनीहरु कमाउनेको सूचीमा परेका छन ।

त्यस्तै कन्काई विकास बैंक, लुम्बिनी इन्स्योरेन्स,नेको इन्स्योरेन्स, कन्ट्रि डेभलपमेन्ट बैंक तथा सेति फाइनान्स लगायतका कम्पनी गुमाउनेमा परेका छन ।

यसदिन शेयरबजारमा १२० कम्पनीका २ हजार ३ सय १९ कारोबारबाट ८ लाख ९० हजार कित्ताशेयर ४६ करोड ४४ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने झण्डै तीन करोड रुपैयाँले घटेको छ ।
-मेरो लगानी

No comments:

Post a Comment