Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 10, 2015

एनआरएन कोरियाको अधिबेसन स्थगित,तोकीएको निर्वाचन मण्डलबाट पनि सामुहिक राजिनामा

                    
नमस्ते नेपाल कोरिया
०९ सेप्टेम्बर ,२०१५
कोरिया

एन आर एन कोरियाको सेम्टेम्बर १२ र १३ तारिख हुने भनिएको अधिवेशन स्थगित
गैर आवाशीय नेपाली संघ दक्षिण कोरियाले तोकीएको निर्वाचन मण्डलबाट सामुहिक राजिनामा :

एन आर एन कोरियाको सेम्टेम्बर १२ र १३ तारिख हुने भनिएको अधिवेशन स्थगित भएको छ । स्थगीत अधिवेशन सेम्टेम्बर १९ र २० तारिख हुने भनिएपनि अन्योलता बढेको छ । एन आर एन कोरियाले बनाएको रुद्र शर्माका संयोजकतामा रहेको निर्वाचन कमिटीले राजीनामा दिएपछि कोरियाको अधिवेशनको अन्योलमा पुगेको हो ।
निर्वाचन कमिटीका संयोजक रुद्र शर्माले आफूहरुले पाउनु पर्ने कुनै पनि कागजात नपाएको र काम गर्ने कुनै आधार नदिएपछि बाध्य भएर राजीनामा दिएको बताएका छन ।
निर्वाचन कमिटीले नै राजीनामा दिएपछि एन आर एन कोरियाको वैधानिक अवस्थामा समेत प्रश्न चिन्ह उठेको छ । एन आर एन का एसिया प्यासिफक संयोजक गंगाराज राईले सेम्टेम्बर १५को भित्र अन्तराष्ट्रिय समितिमा सम्पूर्ण विवरण पु¥याउने पर्ने भएकोले अधिवेशन सेम्टेम्बर १२ र १३ मा अनिवार्य गर्नुपर्ने बताएका थिए ।
गैर आवाशीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद दक्षिण कोरियाको पाचौ राष्ट्रीय महाधिवेशनको लागी रूद्र शर्माको संयोजकतामा तोकेको ७ सदस्यीय निर्वाचन मण्डलवाट सामूहिक राजिनामा आजका मितीले दिइएको द कोरियामा रहनु भएका विभिन्न क्षेत्रीय ,जातीय ,राजनीतिक ,विधार्थी,व्यापारी ,पत्राकार तथा सम्पुर्ण तपाई दाजुभाई तथा दिदीवहिनीहरूमा जानकारीका लागी यो सुचना जारी गरीएको छ ।
NRNA कोरियाको केन्द्रीय समितिले हामी तल उल्लेखित व्याक्तिहरूलाई २०१५ सेप्टेम्बर १२ र १३ तारिकमा हुने पाँचौँ अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गराउनको लागि
१) संयोजक श्री रुद्र शर्मा
२) सदस्य डा. देवी बहादुर बस्नेत !
३) सदस्य श्री तारा के.सी.
४) सदस्य श्री गिरीराज कुँवर
५) सदस्य श्री सागर न्यौपाने
६) सदस्य श्री झक थापा मगर
७) सदस्य सचिव एवं प्रबक्ता श्री बिमल सुवेदी
निर्वाचन प्रक्रियाको लागी आवाश्यक कागजातहरू १) पँजीकृत सदस्यहरूको अन्तिम नामावली २) आर्थिक प्रतिवेदन ३) कार्य प्रतिवेदन जस्ता महत्वपूर्ण कागगजातहरू यो सुचना तयार गर्दा सम्म निर्वाचन मण्डलमा प्राप्त नभएकोले निर्वाचन गर्न गराउन नसकिएको यहॉंहरू सबैमा जानकारी गराउदछौ । यसरी निर्वाचन प्रक्रियामा कार्यसमितिको ढिला सुस्ती लापरवाही र असक्षमताको कारणले निर्वाचन संपन्न गर्न गराउन नसकेकोमा म संयोजक सहितका सदस्यहरूलाई दुखित तुल्याएको छ । धन्यवाद !!!!

No comments:

Post a Comment