Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 3, 2015

कोरियामा अपराध गर्ने नेपाल फिर्ता

नमस्ते नेपाल कोरिया डट कम 
इपीएसमार्फत दक्षिण कोरिया आई अवैध क्रियाकलापमा संलग्न रहेको ठहरिएपछि केही नेपालीलाई अध्यागमन विभागले फर्काइदिएको छ । कारोबार दैनिकमा समाचार छ ।

गैर कानुनी क्रियाकलापमा संलग्न कामदार १० वर्षसम्म कोरिया आउन पाउँदैनन् । सहकर्मी हत्या, छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी, नक्कली कागजात,हुन्डी कारोबार अवैध बसोबास गर्नेहरुलाई फर्काइएको हो । सहकर्मीलाई छुरा हानी घाइते बनाएको एक नेपालीलाई उपचार खर्चवापत करिव १ करोड वन तिराई नेपाल पठाइएको छ ।

सिन्धुलीका एक युवक महिलामाथि यौन दुब्र्यवहार गरेको आरोपमा नेपाल फर्किएका छन् । खाने खाने समयमा ती युवकले कोरियन महिलाको संवेदनशिल अंग छोएको आरोप छ । त्यस्तै १६महिनाअघि आएका नवलपरासीका अर्का नेपाली कोरियन युवतीको फोटो खिच्दा नेपाल फिर्ता हुनुपरेको छ । उनले व्यस्त बजारमा मिनिस्कट लगाएकी युवतीको फोटो खिचेका थिए /

No comments:

Post a Comment