Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 3, 2015

कोरियाको छुसकमा नम्रता र ज्योतिले नचाउने

नमस्ते  नेपाल कोरिया सम्वाददाता 
 आउने छुसक २०१५ को सेप्टेम्बर २६ तारिखका दिन आयोजित एक भब्य साँस्कृतिक कार्यक्रम ‘म्याग्देली म्युजिकल शो ” मा यति बेला अति चर्चा मा रहेका कलाकार ज्योति मगर लगायतका कलाकारले कोरिया तताउने भएका छन् |

 कार्यक्रममा चर्चित नायिक नम्रता श्रेष्ठ, चर्चित हास्यंब्यङ्ग कलाकार मनोज गजुरेल, चर्चित लोकदोहोरी गायक पशुपती शर्मा, चर्चित लोकदोहोरी गायिका ज्योती मगर, पप गायक नरेन लिम्बु, म्याग्दीका सम्बोज मल्ल, लोक गायक गगन पुन र हास्यब्यङ्ग प्रदिप कार्की लगाएतको प्रस्तुति रहनेछ |   कोरियामा आपत्कालिन अक्षय कोष स्थापनार्थ र म्याग्देलीको स्वास्थ्य सुधार सहित आवश्यक पुर्वाधार जुटाउने उद्देश्यले स्थापना गरिएको कोष थप मजबुद बनाउन राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकार सहितको प्रस्तुती रहने गरी कार्यक्रम तय गरिएको समाजका अध्यक्ष मुक्त केसीले बताए।‘ म्याग्दी समाज समितिले कार्यक्रमको तयारीलाई तिब्र गतिमा अगाडी बढाएकोछ |     यति बेला प्रचार प्रसार लाई जोड गर्दै कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई एक जुट भै आ आफ्नो ठाउँ बाट लाग्न समेत अध्यक्ष मुक्त के. सी ले अनुरोध गरेका छन् | कोरियामा रहेका म्याग्देलीको साझा संस्थाको रुपमा रहेको समितिले यहाँ रहेका सबै सामाजिक संस्था संग हातेमालो गर्दै आइरहेकोले कोरिया मा कार्यरत सबै किसिमका संस्था र महानुभाब हरुले आ आफ्नो ठाउँ बाट सक्दो सहयोग गरिदिनु हुन पनि समाजले अनुरोध गरेको छ |     समय समयमा आर्थिक संकलनका लागि आवश्यक पर्ने ठुला कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । कार्यक्रमबाट कोरियामा रहेका म्याग्देली संगै गृहजिल्लामा समेत सहयोग गर्ने गरिएको छ । समितिमार्फत जिल्ला अस्पताल म्याग्दीमा करिव १८ लाखको लागतमा आकस्मिक कक्ष स्थापना भएको छ ।     त्यस्तै आपतकालीन सहयोग,भूकम्प पिडितलाई सहयोग,शिक्षा,खेलकुद , आर्थिक अवस्था कमजोर भएका बिरामी लगाएत विभिन्न क्षेत्रमा समेत उल्लेखनीय सहयोग गर्ने गरेको छ । 

No comments:

Post a Comment