Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 10, 2015

गायिका जसोदा सुव्वाको पहिलो एल्वम 'धुनहरु' वजारमा ( फोटो फिचर सहित )

नमस्ते  नेपाल कोरिया संवाददाता
 जसोदा सुव्वाले लामो समयपछि आफ्नो पहिलो एकल एल्वम सार्वजनिक गरेकी छन् ।

राजधानीको अनामनगरमा विहीवार आयोजित एक विशेष कार्यक्रमकोमार्फत गायिका कुन्ती मोक्तानले जसोदाको पहिलो एकल एल्वम धुनहरु सार्वजनिक गर्नुभयो । ४ वटा गीत संग्रहित धुनहरु एल्वममा रोमान्टीक आधुनिक तथा पप शैलीका गीतहरु छन् ।

एल्वममा तुलसी वस्नेत, नरेश भट्टराई, कुमार श्रेष्ठ र शम्भु गुरुङको शव्द तथा ताराप्रकाश लिम्बु, विनोद खम्बु, कुमार श्रेष्ठ र शम्भु गुरुङको म्युजीक कम्पोज रहेको छ । एल्वमका ४ मध्ये २ वटा गीतको भिडीयो पनि सार्वजनिक भईसकेको छ । एल्वम विमोचन कार्यक्रममै 'कस्तो हुन्थ्यो' वोलको गीतको म्युजिक भिडीयो सार्वजनिक भयो जसलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडीयो कोरियन स्टाईलमा बनेको छ । लोक आधुनिक प्यार्टनको गीत गाएर चर्चामा आएकी जसोदाले गाएको कस्तो हुन्थ्यो वोलको गीत पप फ्लेबरको छ ।

गीतलाई उनले पुरै न्याय गरेर गाएकी छन् । गीतको शव्द र गायकीको तालमेल अनि भिडीयोको मेकिङले यो गीत हिट हुने देखिन्छ । एल्वमकै अर्को भिडीयो 'निदै छैन' यसअघि नै सार्वजनिक भईसकेको छ । आफुले आत्म सन्तुष्टीका लागि गीत गाउने गायिका सुव्वा बताउंछिन् । पछिल्लो समय कोरियामा वस्दै आएकी गायिका सुव्वा आगामी दिनमा थप नयां सृजना लिएर नेपाली सांगीतिक क्षेत्रमा छाउने योजनामा छिन् । एल्वमलाई रुवुशा क्रिएटिभ वर्कसले वजारीकरण गरेको छ

No comments:

Post a Comment