Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 11, 2015

कास्की परिवार सम्मानित ,सेप्टेम्बर-२८ छुसकमा साधारणसभा सहित तेस्रो अधिवेशन गर्दै












नमस्ते नेपाल कोरिया सम्बादाता
११ सेप्टेम्बर,२०१५
कोरिया

कास्की परिवार सम्मानित , सेप्टेम्बर-२८  मा छुसकमा साधारणसभा बोलाउने तयारी सातौं साधारणसभा तथा तेस्रो अधिवेशन गर्दै 


नेपाल हाउस ब्यबस्थापन समितिद्वारा कास्की परिवारलाई सम्मान पत्र सहित सम्मानित गरेको छ।गत आइतबार September 6 का दिन सउलमा नेपाल हाउस ब्यबस्थापन समितिद्वारा आयोजित एक समारोहमा उक्त सम्मान पत्र प्रदान गरिएको हो।यस प्रवासी भूमिमा आपद-बिपद परेका नेपालीहरुको लागि आवश्यक नेपाल हाउसलाई दीर्घकालीन तथा ब्यबस्थित रूपमा संचालनको निमित्त १० करोड वन संकलनको पवित्र उद्देश्य राखी गत फेब्रुअरी १९ मा कोरियन महान पर्व सलनालको अवसरमा आयोजना गरिएको साँस्कृतिक महामेलामा कास्की परिवारद्वारा १० लाख वन आर्थिक सहयोग गरि सो पवित्र कार्यलाई भव्य रूपमा सफल पार्न सहयोग गरे बापत सम्मान पत्र प्रदान गरिएको हो। नेपाल हाउस ब्यबस्थापन समितिका संयोजक श्री बिनोद कुंवर एवं कार्यक्रमका प्रमुख अतिथी श्रम सहचारी श्री अनिल गुरुङले संयुक्त रूपमा सम्मान गरिएको सम्मान पत्र कास्की परिवारका सकृय सदस्य श्री दील पासाले ग्रहण गर्नुभएको थियो।स्मरण रहोस कास्की परिवारले नेपाली राजदुतावासको बिशेष पहलमा बुद्धको जन्मस्थल लुम्बिनीबाट शान्तिदीप कोरिया सम्म ल्याउने पुण्यकार्यमा पनि १० लाख वन सहित आर्थिक एंव नैतिक सहयोग
गरेको थियो भने यस बिदेशी भूमिमा आइपर्ने हरेक आपद-बिपदमा आर्थिक,भौतिक र नैतिक रूपमा सहयोग गर्दै आइरहेको छ।

  छुसकमा साधारणसभा बोलाउने पनि तयारी पुरा :- 

कास्की परिवारले कोरियन पर्व छुसकको अवसर पारी सँस्थाको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सेप्टेम्बर-२८ सोमबार आयोजना गर्न गैरहेको हुँदा कास्की जिल्लाबाट आई कोरियाको विभिन्न क्षेत्रमा रहि विभिन्न पेशामा आवद्ध रहनुभएका सम्पुर्ण कास्केली दाज्यु-भाई तथा दिदीबहिनीहरुलाई उक्त साधारणसभामा उपस्थित भैदिनुहुन कास्की परिवार हार्दिक अनुरोध गरेको  छ ।

No comments:

Post a Comment