Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, September 27, 2015

भक्तपुर समाज दक्षिण कोरियाको भेटघाट कार्यक्रम सम्पन्न

नमस्ते नेपाल कोरिया संवाददाता 
भक्तपुर समाज दक्षिण कोरियाको भेटघाट कार्यक्रम हिजो जोङगाकको दुर्गा रेस्टुरेन्टमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सम्पुर्ण भक्तपुरबासी जो कोरियामा कार्यरत हुनुहुन्छ उहाँहरूलाई  एकजुट बनाइ भक्तपुर समाज अगाडी बढाउने निर्णय गरियो। कोरियामा काम परिबर्तन गर्दा वा अन्य समस्या पर्दा भक्तपुर समाज र सम्पुर्ण भक्तपुरका  दाजुभाइ तथा दिदिबहिनी सबै मिलि एक अर्कालाइ सहयोग गर्ने बाताबरण भक्तपुर समाज दक्षिण कोरियाले मिलाउने र सम्पुर्ण भक्तपुरका दाजुभाइ तथा दिदिबहिनीहरुले भक्तपुर समाजलाई साथ दिने निर्णय गरिएको अध्यक्ष रमेश गिरि ( रिवाज ) नमस्ते नेपाल कोरिया डट कमलाइ  बताए l
सो भेटघाट कार्यक्रमलले  भक्तपुर समाजको आर्थिक कोष बलियो बनाउनको लागि भक्तपुर समाजका सम्पूर्ण सदस्य तथा भक्तपुर का सबै दाजुभाइ तथा दिदिबहिनीहरु एवं भक्तपुर समाज का सुवचिन्तकहरुले एक बर्ष सम्मको लागि  मासिक रुपमा 10000 वोन भक्तपुर समाजको कोष मा जम्मा गर्ने निर्णय गरिएको छ। यो नियम ओक्टोबर देखि अर्को ओक्टोबर सम्म लागू हुने र पछि आउने सदस्यहरुले पनि अनिवार्य रुपमा एक बर्ष भक्तपुर समाजलाइ लेबि बुझाउनु पर्ने छ ।

 लेबि रकम जम्मा गर्न को लागि उरि बैंक खाता न. 1002546307718(रमेश गिरि) साथै भक्तपुर समाज दक्षिण कोरियाको कोषमा जम्मा भएको रकम भक्तपुर समाज दक्षिण कोरियाका सम्पुर्ण सदस्यहरु सुवचिन्तकहरु लाई आपत बिपत पर्दा सहयोग गर्ने र हाम्रो भक्तपुरका लागि खर्च गरिने जानकारी गराउदछौ।
साथैकेही समयमै चलचित्र पर्दर्शन तथा विभिन्न सास्कृतिक कार्यक्रमहरु गरि भक्तपुर समाज लाई अगाडी बढाउने निर्णय गरिएको छ ।

No comments:

Post a Comment