Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, September 27, 2015

नेपालीहरुलाई सफल र धनी बनाउन मेरो उमेरद्वारी

खेम कार्की ,कोरिया 
गैर आवासिय नेपाली सघं दक्षिण कोरियाको सेम्टेम्बर २९ तारिख मंगलबार निर्वाचन प्रकृया हुन लागेको छ । यस अघि २० अघि आइतबार पहिलो शत्र अन्तर्गत अधिवेशन संगै निर्वाचन प्रकृयाको लागि रुद्र शर्माको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । निर्वाचन कमिटिले बनाएको कार्यतालिका अनुसार २९ तारिख विहान १० बजेबाट निर्वाचन प्रकृया शुरु हुने छ । हाम्रो यस संस्थामा भूमिका के हुने भन्ने प्रश्न व्यापक रुपमा उठेको छ । कोरियामा ३२हजार नेपालीहरुमा २८ हजारको संख्यामा रहेका मजदुरहरुलाई प्रमुख जिम्मेवारी दिएर उनीहरुलाई आफ्नो संस्था हो भन्ने विश्वास नदिलाए सम्म यो संस्थाले आफ्नो उदेश्य प्राप्त गर्न सक्दैन ।

हामी मजदुरहरुको समस्या हेर्ने विभिन्न संस्थाहरु छन नि भन्ने प्रश्नहरु पनि एकातिर छन । ती ठाँउमा हामी मजदुरुहरुको आफ्नै प्रकारको सहयोग र भूमिका रहनु आवश्क छ । एन आर एन अन्तर्गत विश्वका नेपाली मजदुहरु जो २ वर्ष देखि देश वाहिर रहेका छन केही शर्त सहित सबै एन आर एन मानेको छ । यही विश्वव्यापी संजालको कारण गैर आवासिय नेपाली संघबाट नेपालमा बस्ने नेपालीले ठूलो आशा गरेका छन ।
नेपालमा २०७२ साल वैशाख १२ गते महाभुकम्प जाँदा एन आर एन ले परोपकारी अभियानमा धेरै प्रभावकारी भूमिका खेलेको छ । कोरियामा हरेक सामाजिक अभियानमा मजदुरहरुको उल्लेखनिय भूमिका रहेका छ । यस अघि नेपाल हाउस अभियान लगायत धेरै अभियानले यो प्रमाणित गरेको छ ।
एनआरएन कोरियामा मजदुर मैत्रीको कुरा उठेको छ , यसको मतलब महिला मैत्री , विधार्थी मैत्री हुनु नहुने कुरा होईन । गैर आवासिय नेपाली संघ सबैको साझा संस्था हुने पर्छ समग्रमा समग्र नेपाली मैत्री एनआरएन हुनुपर्दछ ।
कोरियामा रहेका परोपकारी अभियानमा सहभागि हुन चाहने , देश र समाजका लागि केही गर्छु भन्ने युवाहरु एक जुट भएर अगाडि बढनुपर्छ ।
सामाजिक सेवामा लाग्ने भनेको आफुले सकेको समय त्यसको लागि दिने हो । आफूले नसक्ने खालका भ्रमहरु छरेर समाजलाई अति धेरै असजिलोमा राख्न हुदैन । मानिसले आफ्नो आफ्नो ठाउबाट त्यसको लागि सहयोग गरिरहेको हुन्छ । कोरियामा हुने धेरै सामाजिक अभियानमा अभियन्ता बनेर प्रचार प्रसार गरेर सामुहिक अभियान बनाउन मैले योगदान गर्दै आएको छु ।
हामीले विर्सन नहुने कुरा के हो भने एन आर एन देशलाई धनी बनाउन लागि परेको संस्था हो । जनता जनताविचको सम्बन्धलाई प्रयोग गरेर यसले राष्ट्र पर्यटन,कृषि,प्रविधि लगायत धेरै क्षेत्रमा विकास गर्न सक्दछ । तर एन आर एन ले नेपालीहरुलाई धनी बनाउनु पर्नेमा आफूलाई धनी हो भन्ने मात्र काम गरेको छ । हामीले कोरियामा रहेका मजदुरहरुको निश्चित कमाईलाई कसरी उत्पादन मुलक काममा लगाउने भनेर भिजन दिन सक्नु पर्छ । एन आर एन कोरिया मार्फत नै यस्ता भिजन तयार गर्न सकिन्छ अर्को तिर अन्तराष्ट्रिय कमिटी मार्फत पनि विभिन्न लगानीका योजना तयार गरी कोरियामा रहेका मजदुरहरुलाई धनी बनाउन पहल गर्दछु |
उनीहरुको ज्ञान सिप योग्यता क्षमतालाई प्रयोग गर्ने नीति अपनाउनु पर्दछ । हामीले सरकार र दुतावास संगको सहकार्यमा यस्ता योजनाहरु ल्याउन सक्छौं यति गर्न सकेको खण्डमा कोरियामा रहेका नेपालीहरुमा एन आर एन प्रतिको विश्वास बढछ ।
हामीले गर्नै नसक्ने ठूला कुरा गर्ने काम गर्ने भन्दा पनि सकिने कामको प्रण गरेर अगाडि बढनु पर्छ । धेरै नेपालीहरुलाई स्वस्फुर्त रुपमा संस्थामा आवद्ध हुने वातावरण बनाउन पर्दछ । कार्यसमितिमा आउनको लागि महंगो शुल्क राखेर मजदुरहरुको ढाँड सेक्ने प्रवृत्तिले नकारात्मक सन्देश फैलन जान्छ । नेपालमा पाँचतारे होटलमा भडकिलो र खर्चिलो कार्यक्रम गरेर धनीमानीको संस्था भनेर धेरै ठूलो आशा देखाउने भन्दा नेपालीले विश्वास गर्ने काम जनस्तरबाट गर्नुपर्दछ । भुकम्प पिडितलाई प्रारम्भिक सहयोग गरेर नेपालीको मन जितेको एन आर एन ले अब दोश्रो चरणको पुर्ननिमाणको लागि गाँउ बनाउने अभियानमा एक जुट भएर लाग्नु पर्दछ ।
एनआरएन कोरिया र अन्तराष्ट्रिय समन्वय परिषद विच समन्वयको काम गरी कोरिया रहेको नेपालीहको जीवनस्तर उकास्न महत्वपूर्ण लगानीका कार्यक्रमहरु , देशलाई समृद्ध बनाउने योजनाहरु ल्याउनको लागि पुलको रुपमा काम गर्ने दुढ संकल्प लिएको छु ।

No comments:

Post a Comment