Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, September 27, 2015

यस कारण कोरिया एनआरएन आइसीसीमा मेरो उमेरद्वारी

केपी सिटौला
सन् २००६ को मेमा स्थापना भएको एनआरएन कोरिया दशौ बर्षमा प्रवेश गरेको छ | गत २०१३ को विश्व सम्मेलनमा एनआरएन परराष्ट्र मन्त्रालयमा विधिवत स्थापना भएपछि यसको जिम्म्मेवारी बढ्दै गएको छ | अहिले आएर विभिन्न राष्ट्रिय समन्वय समिति ( एनसीसी ) हरु प्रत्येक देशको कानुन अनुसार दर्ता हुदै जाने प्रक्रियामा छन् | फलस्वरुप एनआरएन कोरिया पनि कोरियन सरकारको माताहतमा विधिवत दर्ता गर्न सके मात्र संस्थागत हैसियतले दुई देशका जनता बीच सम्बन्ध सुधार गर्ने पुलको रुपमा काम गर्न सक्नेछ |
२०१० मा स्थापना भई २०१२ मा वन्नामदोङ्गस्थित नेपाल हाउस संचालनमा ल्याएपछि यसको महत्व र कार्य क्षेत्र धेरै बिस्तार भएको छ | कोरियास्थित जनमानसमा अपरिहार्य बनेको नेपाल हाउसलाई बिगत भन्दा भिन्न रुपले परिबर्तन गर्दै लानुपर्ने अवस्था छ | जस्तै बिभिन्न शिक्षामुलक सेमिनार कोरियन कानुन सम्बन्धि प्रशिक्षण ईपिएसवाट आउदा नेपाली मजदुरको समस्यालाई सम्बोधन गर्न स्थायी रुपमा काउनसिलिङ देखि बिकाशका लागि मानव शक्ति सहितको भरपर्दो सेवा दिन सक्ने स्थानको रुपमा नेपाल हाउसलाई परिमार्जन गरिनु पर्छ | दोस्रो नेपाल हाउसलाई हालको जस्तै नेपाल नेपाली बिचको भेटघाट गर्ने थलोको रुपमा मात्र नभई नेपाल कोरिया बिचको सास्कृतिक आदानप्रदान गर्ने थलोको रुपमा बिकाश गर्नको लागि पछिल्लो समयमा आएर नेपालाई माया गर्ने कोरियनको संख्या बददै जाने क्रममा नेपाली भाषा सस्कृति सिक्न चाहनेको संख्या धेरै छ |
गत २०१२ मा मेरो पालामा १ बर्ष संचालन गरिएको नेपाली कक्षा बन्द भए पनि हालसम्म शुरुवात गर्न सकिएको छैन | अहिले पनि ३५ – ४० जनाले संख्यामा कक्षा संचालन होस् भनेर पर्खिरहेको कोरियनहरु छन् | उनीहरुको मागलाई सम्बोधन गर्न एनआरएनको दोस्रो पिढीलाई नेपाली सस्कृति सिकाउनका साथै नेपालसंगको सम्बन्धलाई जोडी राख्न नेपाली भाषा र सस्कृति प्रशिक्षण गराउनका लागि श्रोत र क्षमता अनुसार माथिको प्रतिबद्दताहरुलाई पुरा गर्दै नेपाल हाउसलाई सास्कृतिक भवनको रुपमा बिकाश गरि प्रत्यक्ष रुपमा नेपालको पर्यटन उधोगलाई टेवा पुर्याउन र केही कमजोरीहरु हुदाहुदै पनि देशको आर्थिक बिकाशको बाटो खुलेको अवसरलाई कोरियाबासी नेपालीहरुको सामुहिक लगानीलाई ठोस योजना सहित राष्ट्रिय योजनाहरुमा सामेल गराउन यो माथिका बुदाहरु नगरी नहुने कामहरु हुन् | जो पहिले पनि उठाएका कुराहरु छन् तर बास्तविकता योजना मात्र राम्रो भएर मात्र सफल हुन् गाह्रो हुदोरहेछ | यसको लागि सबै भन्दा महत्वपुर्ण भनेको टिम वर्क हो |
अधिवेशनको बेला मात्र बर्षाको खहरे खोला भन्दा स्थायी रुपमा सदाबहार शक्ति दिन सक्ने नयाँ युवा जोश र पुराना अग्रजहरुको अनुभवलाई समेत ठाउमा राखेर कार्यन्वयन गर्ने लक्ष लिएको छु | एनआरएन कोरियालाई गतिशील बनाउन कोरिया बसाई व्यस्तता र बिभिन्न बिवशतासंगै बचेको समयलाई समाज सेवामा प्रयोग गर्न त्यति सजिलो छैन | आराम गर्न परिवारलाई दिनुपर्ने समय ब्यापार ब्यबसाय रोजगारी गर्ने समय कटौतीका साथै आर्थिक व्ययभार समेत बोकेर पनि समाज सेवा गर्नु एउटा नसा नै हो |
गत बैशाख १२ मा गएको विनासकारी भुकम्पले बिनाश पारेको नेपाललाई पुन निर्माण र शैक्षिक क्षेत्रमा समेत सक्दो सहयोग पुर्याउन कोरियन समुदाय माझ पहल गरि बिशेष गरि भत्किएका विद्यालयको पुन निर्माणको लागि एनआरएन कोरियाले जम्मा गरेको बिशेष कोषमा अझ वृद्धि गर्नको लागि कोरियामा रहेका सक्रिय संस्थाहरुसंग हातेमालो गर्दै कोरियामा बस्ने नेपालीहरुसंग एकजुट भइ दिर्घकालिन योजनाका रुपमा पहल गर्ने योजना बनाएको छु |
एउटा समाजको सचेत नागरिकको हैसियतले आफुले जाने बुझेको कुरा समाजको सहयोग र परिबर्तनका लागि सबैले आफ्नो ठाउवाट गर्नुपर्छ भन्ने मेरो सोच हो | सोहि अनुरुप बिगत २४ बर्ष देखि गर्दै आएको समाज सेवालाई निरन्तरता दिन पनि यसपालीको एनआरएन आईसिसिमा उमेदवारी दिएको छु | बिगतको मेरो योगदानलाई कोरियामा रहेको नेपाली समाजले उचित मुल्याङकन गर्दै सहयोग गरिदिन अनुरोध गर्दछु |
लेखक – एनआरएन कोरिया आइसीसी (२०१५-२०१७) का उमेरद्वार हुन् |

No comments:

Post a Comment