Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, September 27, 2015

कोरियामा नेवा पुचद्वारा नायिका नम्रता श्रेष्ठ सम्मानित (फोटो फिचर सहित )

नमस्ते नेपाल  कोरिया संवाददाता 
 कोरियामा नेवा पुचले  नेपाली  चर्चित नायिका नम्रता श्रेष्ठलाइ सम्मान गरेका छन।

 कोरियाली पर्व छुसक तथा शुभ विजया दशमी २०७२ को उपलक्ष्यमा आयोजित एक कार्यक्रममा श्रेष्ठ लाई सम्मानित गरिएको थियो। नेवाः पुचः दक्षिण कोरियाले आफ्नो परम्परागत भोजको आयोजना गरी उहालाइ नेपाली कलाकारीता जगतमा उत्कृष्ट अभिनय गरी नेपाली सिने जगतमा योगदान पुर्‍याउनु भएको योगदानको कदर गर्दै संस्थाका अध्यक्ष श्री कृष्ण मुश्यान लगायत अन्य पदाधिकारी द्वारा दोसल्लाका साथमा सस्थाको तर्फबाट सम्झन्नाको कोशेली प्रदान गरिएको थियो।
सम्मानित श्रेष्ठले आफु यसरी विदेशी भुमिमा पनि नेपाली संस्था बाट सम्मानित हुन पाएकोमा धेरै खुशी व्यक्त गर्दै आयोजक संस्था प्रती धन्यवाद ब्यक्त गर्नु भएको थियो। सउल, इन्छन स्थित अन्नपूर्ण रेस्टुरेन्टमा आयोजित सो नेवारी भोजमा म्याग्दी समाज समितिका अध्यक्ष मुक्ती के सी, झापा मिलन समाज समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, वीमन फर वीमनका अध्यक्ष मल्लिका श्रेष्ठ थकाली, सिन्धु समाजका अध्यक्ष एल बी श्रेष्ठ लगायता कोरियाका बिभिन्न शहरबाट कारीब ८० जनाको सङ्ख्यामा उपस्थिति रहेको भोज ब्यबस्थापन संयोजक श्री रमेश श्रेष्ठले  जानकारी दिनुभयो।

No comments:

Post a Comment