Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 15, 2015

म एक श्रमिक हुँ ,ईपिएस श्रमिककै लागी केही गर्छु - हरि खनाल


एनआरएन कोरियाको आसन्न अधिबेशनको सचिप पदका प्रत्यासि उमेद्द्वार हरि खनालको कोरियावसि नेपाली हरुमा हार्दिक अपिल

किशन गौतम ,द .कोरिया 
१५, सेप्टेम्बर २०१५ l
नेपालको इलाम जिल्लामा घर भै इपिएस भिषामा कोरिया प्रवेश गरेका हरि खनाल विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरिरहेका छन् l उनि इलाम सुर्योदय सेवा समाज द.कोरिया का संस्थापक अध्यक्ष पनि हुन l अटिजम बालबालिका सहयोग अभियानका सक्रिय अभियन्ता समेत रहेका खनालले एनआरएन कोरियाको आसन्न अधिबेशनमा आफुलाई सचिप पदमा बहुमत ले बिजय गराउन कोरियावासी सम्पूर्ण बुद्दिजीवी ,ब्यापारी वर्गहरु , आप्रबासी नेपाली कामदार लगाएत सम्पूर्ण नेपाली समुदायबीच हार्दिक अपिल गर्दै उनि भन्दछन l म, एक श्रमिक हुँ ,ईपिएस श्रमिककै लागी केही गर्छु भन्ने सोच राखेको छु l मेरो न त कुनै व्यक्तिगत स्वार्थ छ न कुनै दलिय स्वार्थ नै , प्रवासमा रहेर राजनिति गर्नु भन्दा पनि मानवतालाई हेर्नु पर्छ l हामी सबै नेपाली हौ, एउटालाई समस्या पर्दा अर्कोले सहयोग गर्नुप्रछ भन्ने भावना राखी प्रतक्ष वा अप्रतक्षरुपमा दिनहु आइपर्ने श्रामिकका समस्याहरु सँग जुद्धै नितान्त सामाजीक क्षेत्रमा रहेर काम ग्रदै आइरकेको कुरा त तपाईहरु माझ सर्बविधिकै छ l मलाई बनावटी मिठो बोली, चिप्ला कुरा र फुस्रा भाषण गर्न आउदैन , काममा विश्वास गरौ । रिजल्ट लाई हेर्नुपर्छ l अबको एनआरएन मजदुर मैत्री हुनुपर्छ l मेरो भिजन भनेको ठूलठुला विकास निर्माणका काम गर्ने होईन , बर्तमानका समस्यालाई समाधान गर्दै भविश्यका पिडी संग सम्झौता हुने किसिमका थोरै भएपनि रोजगारमुलक क्षेत्र ,उत्पादन मुलक क्षेत्र र परोपकारी क्षेत्रमा सेवा गर्नु हो l यस्तै निस्वार्थ सामाजिक सेवा भाब लिएर एनआरएन कोरियाको आसन्न अधिबेशनमा सचिप पदको प्रत्यासि उमेद्वारको रुपमा आफुलाई खडा गरेको छु l आशा छ , मेरो मर्म ,भावना र यहाँहरु समक्ष गरेको आग्रहलाई मनन् गरि आफ्नो अमुल्य मतलाई खेर जान नदिई फेरी एकपल्ट निस्वार्थ रुपमा सामाजिक काम गर्ने मौका दिनुहुनेछ l

No comments:

Post a Comment