Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, August 30, 2014

रमाईलो लुम्बीनी -२ को तयारी पुरा/तेरिया भन्छिन् 'कोरिया जान पाउंदा उत्साहित छू '

नमस्ते नेपाल कोरिया संवाददाता 
 रमाईलो लुम्बीनी भाग-२ को सम्पुर्ण तयारी पूरा भएको बताईको छ।

रुपन्देही सम्पर्क समिति कोरियाले छुसकको दोस्रो दिन अर्थात् सेप्टेम्बर  ८ तारिकमा आयोजना गर्ने  सो सांगितीक कार्यक्रमको तयारी पूरा भएको र कोरियाबासी नेपालीहरूको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको प्रचार बिभाग प्रमुख कृष्ण बस्यालले बताएका छन्। कोरियामा रहेका रुपन्देही जिल्लाबासीहरूको संस्थाले आयोजना गरेको भए पनि लुम्बीनी अन्चल अस्पताललाई सहयोग गर्ने उदेश्य राखेकोले सो अन्चलबाट कोरियामा आएका अन्य जिल्लाबासीहरूले पनि चासो दिएको संयोजक बस्यालले बताए । पाल्पा ,स्याङ्जा ,गुल्मी ,अर्घांखाची ,नवलपरासी ,कपिलबस्तुको संगम स्थलमा रहेको सो अस्पताललाई सहयोग गर्न ती जिल्लाबाट कोरिया आएका सबै जना उत्साह्जनक ढंगले लागेको पनि उनले बताए। यस अघि संस्थाका अध्यक्ष प्रितम गुरुङ्को संयोजकत्वमा सांस्क्रितीक कार्यक्रम मुल समारोह समिति बनेको थियो भने सो समिति अन्तर्गत अन्य उपसमिती र क्षेत्रिय समिति निर्माण गरिएको थियो। कोरियाको सामाजिक क्षेत्रमा सक्रिय मानिने रुपन्देही संपर्क समितीले प्रतिभाशाली र चर्चित कलाकार छोनोट गरेकोले गर्दा पनि कार्यक्रम भब्य र बिर्हत सहभागितामुलक हून लागेको अध्यक्ष प्रितम गुरुङ्ले बताए । अहिलेको चर्चित ब्याण्ड तथा यूवाहरूको ढुकढुकी बन्न सफल एक्स ब्यान्डको प्रस्तुतीलाई पनि धेरैले प्रतिक्षा गरिरहेका छन्। देशका सिमाना मिचिएको देखी राष्ट्रभावले ओतपोतले भरिएको गीत संगित गुन्जाउने सो ब्याण्ड धेरैले प्रतिक्षा गर्नुलाई कुनै आश्चार्य मानु भने पर्दैन । त्यस्तै लोक गायिका मन्जु पौडेल ,लोक गायक रामजी खांडको प्रस्तुती धमाकादार हुनेमा कुनैं शंका नभएको बताईएको छ। अझ तेरिया मगरको नित्यले कोरियाबासी नेपालीहरूलाई बेग्लै आनन्द र गौरवको महशुस गराउने आयोज्क संथाको दावी छ। उता तेरिया मगरले रुपन्देही जिल्लाको संस्थाले आयोजना गर्ने कार्यक्रममा कोरिया जान पाउंदा खुशी लागेको भन्दै सबै कोरियाबासी नेपालीहरूलाई आफ्नो नित्य हेर्न निम्ता समेत गरेकी छिन् l

No comments:

Post a Comment