Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, September 14, 2015

नेपाल विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा २० स्थान उक्लियो

नमस्ते नेपाल  कोरिया संवाददाता 
‘दि प्रोस्पेरिटी फाउण्डेशनले क्यानाडा’को फ्रेजर इस्टिच्यूटसँग सहप्रकाशन गरी सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१५मा नेपाल १ सय ५७ राष्ट्रहरुमध्ये १ सय ६ आैं स्थानमा रहेको छ । गत वर्ष यस प्रतिवेदनमा नेपाल १ यस ५२ राष्ट्रहरुमध्ये १ सय २६ औं स्थानमा रहेको थियो ।

विगतका वर्षहरुझैं यस पटक पनि समृद्धिले नेपाल उद्योग वाणिज्य महासंघसँगको साझेदारीमा नेपालमा यस वाषिर्क आर्थिक स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गरेको हो ।

यही अवसरमा समृद्धिले पहिलो पटक नेपालको आर्थिक स्वतन्त्रता सम्बन्धी देशिय अध्ययन प्रतिवेदन पनि प्रकाशन गरी सार्वजनिक गरेको छ । यस देशिय अध्ययन प्रतिवेदनको सन्देशमा माननीय अर्थ मन्त्री डा. रामशरण महतले भन- देशको समृद्धिका लागि मानिसहरुले उद्यमशिलतालाई अाफ्नो र जनताको जीवन उत्थानका लागि प्रयोग गर्न सक्षम हुनुपर्छ र यो एउटा आर्थिक स्वतन्त्रता भएको वातावरणमा मात्रै सम्भव छ भन्ने मलाई विश्वास छ ।’

देशिय अध्ययनमा रिर्सच गाइड र सहजकर्ताको रुपमा नेपाल ल क्यापसका रामकृष्ण तिमिल्सीना, पूर्वन्यायधीश स्वर्गीय भरत उप्रेती, पूर्वअर्थ सचिव रामेश्वर खनाल, वरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेल, पूर्वगभर्नर डा. युवराज खतिवडा, वरिष्ठ कानूनविद भीमार्जुन आचार्य तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्कर ज्ञवालीे थिए ।

अध्ययनहरुका अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृद्धि, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ । उदाहरणका लागि, आर्थिक स्वतन्त्रताको अनुसूचीमा माथि रहेको राष्ट्रहरुको सन् २०१३ मा औसत प्रति व्यक्ति कुल गाह्रस्थ उत्पादन ३८ हजार ६ सय १ अमेरिकी डलर रहेको थियो ।

त्यस्तै, आर्थिक स्वन्तन्त्रता अनुसूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरुको चाँहि ६ हजार ९ सय ८६ अमेरिकी डलर थियो । त्यसबाहेक, आर्थिक रुपले स्वन्तन्त्र राष्ट्रहरुमा सबै भन्दा गरिब १० प्रतिशतको औसत आम्दानी (अमेरिकी डलर ४९,८८१) पनि आर्थिकरुपले अस्वतन्त्र राष्ट्रहरुको औसत आम्दानी भन्दा ४१ हृजार ६ सय २८ डलरले बढी छ ।

नेपालको स्थान

नेपाल यस वर्षको प्रतिवेदनमा ६.५६  (१ देखि १० सम्मको क्रममा, अधिकतम मानको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता) अंकका साथ १५७ राष्ट्रहरु मध्ये १०६आैं स्थानमा रहेको छ । यस अंकका साथ गत वर्षको तुलनामा नेपाल २० स्थान माथि उक्लेको हो । गत वर्ष ६.१६ अंक ल्याएर १५२ राष्ट्रहरु मध्ये नेपाल १२६ औ स्थानमा रहेको थियो ।

No comments:

Post a Comment