Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 15, 2015

नेपाली जनसम्पर्कको क्षेत्रीय अधिबेशन नोभेम्बर १ र ८ मा हुने

नमस्ते नेपाल कोरिया सम्बाददाता
१५ सेप्टेम्बर ,२०१५
दक्षिण कोरिया l

नेपाली कांग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियामा एक सकृय भातृ संगठनको रुपमा चिनिएको छ । विभिन्न आरोह र अबरोह पार गर्दै करीब एक दशक लामो ईतिहास बनाएको जनसम्पर्क समिति कोरियाले प्रवासी भूमीमा अनेकौं परोपकारी कामका साथै जातिय, क्षेत्रीय संघसंस्थाहरूसंग हातेमालो गर्दै नेपाली कांग्रेसको सिद्धान्तलाई अंगिकार गर्नेहरुलाई संगठित गर्दै आएको छ । गत १३ सेप्टेम्बरमा समितिका सभापति नवराज शिबाकोटीको सभापतित्वमा समितिको बृहत बैठक बसी समसामयिक विषयमा बहस गर्दै जनसम्पर्क समितिको दुईचरणमा क्षेत्रीय अधिबेशन पूरा गरि केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । नेपाली जनसम्पर्क समितिका प्रवक्ता तेजेन्द्र सुबेदीका अनुसार पहिलो चरण नोभेम्बर १ तारिखमा जनसम्पर्क क्षेत्र नं. ५ छनान/ फेन्तेक, क्षेत्र नं. ६ देगु ,क्षेत्र नं. ७ बुसान अधिबेशन गर्ने र दोस्रो चरण नोभेम्बर ८ मा क्षेत्र नं. १ सौल, क्षेत्र नं. २ ओईजम्बु, क्षेत्र नं. ३ ईन्छन र क्षेत्र नं. ४ आनसानमा केन्द्रीय प्रतिनिधिहरुलाई क्षेत्रीय समितिहरुसंग समन्वय गरि अधिबेशन सम्पन्न गराउने जिम्मा दिएको छ ।

अधिबेशन गराउने जिम्मा पाउनु हुने केन्द्रीय प्रतिनिधिहरुमाक्षेत्र नं. १ सौलका लागि आस्थाबिन्दु मल्ल र रामु कार्की, क्षेत्र नं २ ओईजम्बुमा कमल शाही र गोमा सापकोटा, क्षेत्र नं. ३ ईन्छनमा तेजेन्द्र सुवेदी र लक्ष्मण भान्ताना, क्षेत्र नं.४ आनसानका लागि जीतेन्द्र महता र श्रवण शाही, क्षेत्र नं. ५ छनान/ फेन्तेकमा खर्क डांगी र हरी भट्टराई त्यसै गरि क्षेत्र नं. ६ देगुका लागि हरी गौतम र केपी चौलागाईं रहेका छन् भने क्षेत्र नं. ७ मा मोहन पण्डित र आस्थाबिन्दु मल्ल लगायत रहेका छन् । 
यसै गरि उक्त बैठकले नेपाली कांग्रेसका यूवा नेता एवं नेविसंघ पूर्व महामन्त्री उमेशजंग रायमाझीको लिभरमा खराबी भइ उपचार धेरै मंहगो भएको र पारिवारिक स्थितिले धान्य नसक्ने भएकोले जनसम्पर्क समितिकि केन्द्रीय सदस्य आस्थाबिन्दु मल्लको संयोजकत्वमा केन्द्रीय सदस्य नवराज वाग्ले र नेविसंघ कोरिया शाखा अध्यक्ष जीतेन्द्र उपाध्याय"जीतू" सदस्य रहने गरि सहयोग संकलन समिति बनाएको छ । जनसम्पर्क समिति, दक्षिण कोरियाका सभापति नवराज शिबाकोटीले उमेशजंग रायमाझीको शिध्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीको सहयोगका लागि आस्थाबिन्दु मल्लको उरी बैंकको खाता नं. 1002-036-46035 मा सक्दो रकम जम्मा गरि दिन हुन सम्पूर्ण कांग्रेसजनहरुलाई अनुरोध गरेका छन् ।

No comments:

Post a Comment