Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 4, 2015

यसकारण कौशिला चौधरीले जितिन् विश्व शान्ति पुरस्कार

नमस्ते नेपाल कोरिया
सेप्टेम्बर ०५ ,२०१५ । 

कमैया मुक्ति पुनःस्थापना अभियानमा क्रियाशिल कमैया नेतृ कमैयाकमलरी  पूर्वकमलरी कौशिला चौधरीले जितिन् विश्व शान्ति पुरस्कार



लामो समयसम्म कमैया मुक्ति पुनःस्थापना अभियानमा क्रियाशिल कमैया नेतृ कौशिला चौधरी शान्ति स्थापनाको क्षेत्रमा उल्लेख्य योगदान पुयाएको भन्दै विश्व शान्ति पुरस्कार (एन पिस एवार्ड) बाट पुरस्कृत भएकी छिन्। संयुक्त राष्ट्रसंघले प्रदान गर्ने उक्त अवार्ड थाप्न उनी २३ अक्टुबरमा अमेरिकाको न्युवर्क जाने कार्यक्रम तय भएको छ।

लामो समयसम्म कमलरी तथा कमैया जीवन व्यतित गरेकी चौधरी कमैया आन्दोलन तथा कमैया पुनःस्थापनाको क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील छिन् । कमैया मुक्ति आन्दोलनको एक प्रमुख अभियान्ताको रूपमा परिचित उनीसहित नेपाल र अफगानिस्तानका गरी ६ जना अन्तिम चरणको छनौटमा भएका थिए ।

दास प्रथाको रूपमा रहेको कमैया तथा कमलरी प्रथा अन्त्यसंगै पुनस्र्थापना अभियानलाई आफ्नै कामको रूपमा लिने उनी जारी कमैयाकमलरी पुनस्र्थापना अभियानलाई चाँडै पूर्णता दिने सरकारी अभियानमा क्रियाशिल रहेकी छिन्। जसलाई अवको केही समयमै पूर्णता दिन सकिने उनको दाबी पनि छ । ३० वर्षीया कौशिला आफू जस्तो कमैयाको क्षेत्रमा क्रियाशिल व्यक्तिले ववार्ड जित्नु धेरै खुसीको कुरा भएको बताइन्। मुक्त कमैया महिला विकास मञ्च कैलालीको अध्यक्ष रहेकी अभियन्ता कौशिला चौधरी मुक्त कमैया पुनःस्थापना समिति कैलाली र कमैया प्रथा उन्मुलन समाज कैलालीसँग पनि आबद्ध छिन् ।

No comments:

Post a Comment