Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 4, 2015

एनआरएन उपाध्यक्षमा प्रशान्त राज बानियाको उम्मेदवारी

नमस्ते नेपाल कोरिया
सेप्टेम्बर ०५ ,२०१५ ।

आउदो सेप्टेम्बर १२ र १३ मा हुने एनआरएन कोरियाको पाँचौ अधिबेशनको चर्चा  बढिरहेको बेला उपाध्यक्ष पदको लागी प्रशान्त राज बानियाले  उम्मेदवारी दिएका  छन् ।

बिगतमा गैर आबसिय नेपाली संघका साथै विभिन्न सामाजिक संघ संस्थाहरुमा जिम्मेवार पदमा रही सक्रिय संलग्नता जनाउदै आएको साथै बिगत ७ बर्ष देखि कोरियामा रहेर यँहाको समस्याहरुलाई प्रत्यक्ष रुपमा  बोध गर्ने अनुभूति पाएको बताउने बानिया बिदेशमा रहदा आइपर्ने दु:ख, सुख र अप्ठ्याराहरुमा एक अर्कालाई साथ् दिएर बन्धुत्य र सद्भाव कायम गरि स्वच्छ र मैत्रीपुर्ण नेपाली समाजको बिकाश गर्नुपर्ने र  अर्कोतर्फ परदेशमा रहेपनि आर्थिक र प्राबिधिक रुपमा सम्पन्न देशमा अध्ययन वा कामगर्दा सिकेका ज्ञान, शीप र श्रोतलाइ आफ्नो मातृभुमिको बिकाशको लागि प्रयोग गर्ने बाताबरण सिर्जना गर्ने दाइत्व हाम्रो हो भन्ने उद्घोष सहित उम्मेदवारी  दिएका छन् ।


एनआरएन उपाध्यक्षमा जिताउनको लागी बानियाको आग्रह 


"परिवर्तनशील समयको यो माग हो परिवर्तनको
जता रहन्छौं हामि झल्किन्छ भाव त्यतै नेपालिपनको
मजदूर प्रति जवाफदेहिता र जिम्मेवारीमा प्राथमिकता
साझा,सवल र सुदृढ़ N.R.N.A कोरिया मेरो प्रतिबद्धता"

मातृभुमि र आफन्तहरु बाट धेरै टाढा रहेर परदेशमा मेहेनत गरि आफू र आफ्नो समुदायलाई स्थापित गर्दै नेपाल र नेपालीको पहिचान उच्च राख्नु हाम्रा लागि चुनौती हो ।  एकातिर बिदेशमा रहदा आइपर्ने दु:ख, सुख र अप्ठ्याराहरुमा एक अर्कालाई साथ् दिएर बन्धुत्य र सद्भाव कायम गरि स्वच्छ र मैत्रीपुर्ण नेपाली समाजको बिकाश गर्नु छ भने अर्कोतर्फ परदेशमा रहेपनि आर्थिक र प्राबिधिक रुपमा सम्पन्न देशमा अध्ययन वा कामगर्दा सिकेका ज्ञान, शीप र श्रोतलाइ आफ्नो मातृभुमिको बिकाशको लागि प्रयोग गर्ने बाताबरण सिर्जना गर्ने दाइत्व हाम्रो काधमा छ । 
यिनै बिषय बस्तुहरुलाई मनन गर्दै हामि जुनसुकै परिबेशमा भएको भए पनि एक मनका भएर अगाडि बडौं भन्ने  सोचका साथ अगाडि बढ्ने प्रयत्न गर्दैछौं। यसकारण हामि एक हुनमा नै हाम्रो आफ्नो पन झल्किन्छ।

आसन्न गैर-आबासिय नेपाली संघ कोरियाको राष्ट्रिय समन्वय परिषद्को कार्यकारी उपाध्यक्ष(NCC Executive Vice President) पदमा मैले आफ्नो उमेद्वारि साथ उपस्थित भएको छु ।  हूनत मेरो उम्मेदद्वारि भन्दा धेरै राम्रा साथिहरु उपाध्यक्ष पदमा अघि सर्नुभएको छ।  यसलाई एक राम्रो पक्ष नै लिनुपर्ने हुन्छ।
बिशेषगरि NRNA-कोरिया २००३ देखि संस्थागत रुपमा अगाडि बढेको देखिन्छ। हामिले यो कुरा भन्नैपर्ने हुन्छ कि  संस्थागत रुपमा NRNA-कोरियाले गरेका राम्रा कामहरु पनि धेरै छन् अब मेरो पहल NRNA-कोरियाका राम्रा कामहरुलाई निरन्तरताका साथै यस भित्र भएका धेरै गुट-गत कुराको साथै एकलौटिपन जस्ता कुराहरु लाई हटाऊँन र नयाँ योजना सँगै नयाँ कामको थालनि मेरो पहिलो पहल रहनेछ।
बिगतमा गैर आबसिय नेपाली संघका साथै विभिन्न सामाजिक संघ संस्थाहरुमा जिम्मेवार पदमा रही सक्रिय संलग्नता जनाउदै आएको साथै बिगत ७ बर्ष देखि कोरियामा रहेर यँहाको समस्याहरुलाई प्रत्यक्ष रुपमा  बोध गर्ने अनुभूति पाएको छु।
यहि अनुभवहरुलाइ समेट्दै आगामी दिनहरुमा सबैको सल्लाह र सुझावहरुलाई लिदै NRNA को उद्देश्यलाई सार्थक तुल्याउन लागि पर्ने सोच अघि बढाएको छु। कुराहरु खोतल्दै जाँदा हामिहरु सामु समस्याको ठुलो चाङ लाग्छ । कोरियामा स्थापित सबै सँस्थाहरुको छाता सँस्था र सबै आप्रवासी नेपालीहरुको साझा अभिभावक सँस्था भएको एनआरएन-कोरिया हुनु पर्ने र NRNA कोरिया नै यी समस्याहरुको सुनुवाईमा उत्तरदायी हुनु पर्नेमा  आजसम्म यस्तो हुन सकेको छैन । यसका लागी नेतृत्व नै प्रमुख कुरा हो ।
अबको नेतृत्व भने पेशागत रुपमा अब्बल, कुशलता पुर्वक समयको व्यबस्थापन गर्ने क्षमता भएको, समस्याहरु सुन्न धैर्यता भएको, कार्यक्रममा गएर नेतृत्वको भाषा बोल्न सक्ने, कोरियन परिबेश राम्रो बुझेको र समाजसेवालाई अर्थोपार्जन सँग जोडेर नहेर्ने व्यक्ति चाहिन्छ । यहाँ नेतृत्व चयनमा देखा पर्ने अर्को जटिलता राजनितिक आस्था र गुट -उपगुटको प्रभाव हुन । गुटगत रुपमा छानिएर आएको व्यक्ति पनि सबैको साझा हुन सक्दैन तथापी छानिने बिधि लोकतान्त्रिक होस ।कोरिया मा लामो समय देखि NRN को अधिबेशन मा चुनीने नेतृत्व कुशल र संस्था लाई संस्थागतरूपमा अगाडि बढाउन सक्ने  नेतृत्व आउन सकेको छैन। यसकारण तपाइँहरु सबैको न्यांनो साथ-सहयोग  को अपेक्षा गर्दछु। धन्याबाद।
प्रशान्त राज बानियाँ

No comments:

Post a Comment