Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, September 5, 2015

कोरियामा भब्य रुपमा तीज मनाइंदै

कोरियामा भोलि आईतबार वुमन फर वुमन द्वारा भब्य रुपमा तीज कार्यक्रम आयोजना हुदै ,कला , सस्कृति र पर्वको बिशेष महत्व झल्काउदै आपसी सद्भाव कायम गरिने :-

कृष्ण पुरी , दक्षिण कोरिया
०५ सेप्टेम्बर ,२०१५ । 
कोरियामा भोलि आईतबार ०६ तारिकमा भब्य रुपमा तीज मनाईने भएको छ ।नेपाली नारीहरुको महान चाड हरितालिका तीज कोरियामा पनि तिनै नारीहरु द्वारा संचालित संस्था वुमन फर वुमनले बिशेष कार्यक्रमहरुका साथमा बृहत रुपमा मनाउन लागीरहेको हो l प्रबाशी भूमिमा रहेर पनि आफ्नो कला , सस्कृति र पर्वको बिशेष महत्व झल्काउन , कोरियामा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बीच एक आपसमा सद्भावना कायम गर्न र सुख- दुख साटासाट गर्नको निमित्त आउदै गरेको तीज पर्बको अवसरमा सो कार्यक्रम आयोजना गरीएको वुमन फर वुमन का अध्यक्ष मल्लिका थकालीले जानकारी दिनुभएको छ l बिशेष गरी कार्यक्रममा बिगतका झैँ नेपाली पहिरनमा सजिएर बिभिन्न परिकारहरुका साथमा तीज गीतमा नाचगानहरु सहित शुभकामना आदान पर्दान गर्दै मनाईने तयारी रहेको छ l
नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले आफ्नो धर्मसंस्कृतिअनुसार मनाइने बिबिध पर्ब मध्ये नेपाली महिलाका लागि यस पर्बले बिशेष महत्व दर्शाउछ। हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो मनो-कामना पूरा गरेको धार्मिक कथन अनुसार यो पर्व नेपाली हिन्दू महिलाहरुले पनि परम्परादेखि नै देश - बिदेशमा आ- आफ्नो मनोकामनाहरु पुरा हुन् भन्ने आस्थाले ब्रत बस्ने लगाएत बिभिन्न तवरले मनाउदै आएका छन् ।
कोरियामा रहनुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा गरीमामय उपस्थितीको लागी हार्दिक निमन्त्रणा गर्दै एकआपसमा शुभकामना संदेश प्रबाह गरी तीज कार्यक्रम भब्य रुपमा सफल पारीदिनुहुन वुमन फर वुमन द.कोरिया द्वारा अपिल गरीएको छ ।
कार्यक्रम :- मिति:- २०१५ , ०६ सेप्टेम्बर आईतबार । समय :- बिहान ठिक ११ बजे देखि । स्थान :- लक्ष्मी रेस्टुरेन्ट एंड बार , दोंदेमुन ।

No comments:

Post a Comment