Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 11, 2015

थेगुमा तीज बिशेष मेला भब्य आयोजना

आङ दोर्जे शेर्पा थेगु,

"हाम्रो कला हाम्रो सस्कृति हाम्रो देश हाम्रो गौरब" भन्ने मुल नाराको साथ एनआरएन कोरियाको क्षेत्रीय समिति एनआरएन थेगु समितिले यसपालिको तीजलाई अझ विशेष बनाउने हेतुले आउदो सेप्टेम्बर २० आइतबारको दिनमा "तीज बिशेष मेला" को भब्यरुपमा आयोजना गर्ने भएको छ  कोरियाकै तेस्रो ठुलो शहर थेगुमा।

नेपाली कला,सस्कृती र सामाजिक क्षेत्रमा एकाएक पश्चिमि सस्कृतिले आफ्नो प्रभुत्व जमाईरहेको समयमा बिदेशी भुमिमा येसरी बिसुद्द नेपाली कला र सस्कृती झल्काउने गरि आयोजना हुन लागेको यस तिज बिशेष कार्यक्रमलाई थेगुमात्र नभयेर कोरिया भरिकै विभिन्न संघसस्था र नेपाली समुदायहरुबाट विशेष महत्त्वकोरुपमा लिइएको पाइएको छ।
कार्यक्रम पुर्णरुपमा भब्य र मनोरञ्जनमुंखी हुने आयोजक पक्षको दाबी रहेको छ। उत्त दिनको लागि बिशेष मिस्ठान्न नेपाली भोजन परिकारहरुको साथै रोजे र खोजे अनुसारको बिशेस पेयपदार्थहरुकोपनी ब्यबस्था गरिएको छ।कार्यक्रममा बिशेषगरि तीजका गीतहरु,लोकदोहोरी गीतहरु,नेपाली नयाँ  र पुराना सदाबहार गीतसंगीतको मिश्रण भयेकोले एकपछि अर्को गर्दै लगातार रुपमा उपस्थित महानुभानहरुलाई कम्मर मर्काउन बाध्य  गराउनेमा आयोजकपक्षको दाबी रहेको छ साथै स्थानीय कलाकारहरुको दमदार अनि बेजोड प्रस्तुतिहरुले कार्यक्रम झकिझकाउ हुनुको साथै विभिन्न संघसस्थाका प्रमुख पदाधिकारीहरुको उपस्थिति र भेलाले कार्यक्रम पुर्ण रुपमा सजिसजाउ हुने कुरमापनि आयोजक पछ बिस्वस्त रहेको छ।

कार्यक्रम सेप्टेम्बर २० आइतबारको दिन थेगुस्थित 대구시 달서구 용산동 215ㅡ33번지 향군회관 드림부페5층 용산 역 치하철 2호선 मा आयोजना हुनलागेको छ।कार्यक्रम स्थल लाईन नम्बर २ को  योङसान स्टेसन छिहाछल EXIT गेट नम्बर ५ अगाडी रहेको WOORI BANK को ५ औ तल्लामा रहेको छ।
कार्यक्रम सफल पार्नकोलागी आयोजक पक्षले सम्पुर्ण नेपाली समुदायहरुलाई हार्दिक अपिल पनी गरेको छ।स्मरण रहोस् अगस्ट २ मा भयेको दोस्रो एनआरएन थेगु अधिबेशनबाट अध्यक्षमा नेत्र दुलाल,बरिस्ठ उपाध्यक्षमा अर्जुन श्रेष्ठ,उपाध्यक्षमा सिव उप्रेती,सचिवमा सोम ढकाल,सह सचिबमा नारायण पौडेल कोष अध्यक्षमा रोशन पौडेल,सह-कोष अध्यक्षमा ईपीएस युथ नेपालका संयोजक आङ दोर्जे शेर्पा र सदस्यहरुमा नारायण अधिकारी,मणि भुसाल,भावना गुरुङ,हरि पोखरेल,अजय राई,खगेन्द्र पराजुली,बिराट कुमार घिसिङ,सन्जिता गुरुङ र अर्जुन कडेल मनोनीत हुनुभयेको थियो।
एनाआरएन थेगुको यो तीज मेला पहिलो सौगातको रुपमा रहेको र आउदो दिनहरुमा येस्तै अन्य विभिन्न कार्यक्रमहरु पनी आयोजना गरिरहने आयोजकपक्षको भनाई रहेको छ।
साथै उत्त दिन अक्टोबर ११ मा पर्दशन हुनगैरहेको नेपाली फिल्म होस्टेल रिटर्न्सको टिकटपनि बिक्री हुने जनकरी छ।

No comments:

Post a Comment