Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 30, 2015

कास्की परिवार कोरियाको अध्यक्षमा खोम प्रसाद गुरुङ चयन [फोटो फिचर सहित]

अध्यक्ष : खोम प्र. गुरुङ 

कृष्ण पुरी ३०  सेप्टेम्बर,२०१५ 
सोल ,दक्षिण कोरिया l
"संगठित समुह नै प्रदेशको सहारा हो" भन्ने मुल नाराको साथ सम्पुर्ण कास्केलीहरुलाई एक जुट गराउँदै प्रवासी भूमीमा एक-आपसमा सहयोग र सद्भाव राख्ने उद्देश्यले २००८ मा स्थापना भएको कास्की परिवार,द. कोरियाले  कोरियन महान पर्व छुसकको अवसर पारेर छुसकको तेस्रो दिन २८ तारिख सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सउलको दुर्गा रेस्टुरेन्टमा सम्पन्न गरेको छl

कार्यक्रमको सभापतित्व गर्नुभएका कास्की परीवारका निबर्तमान  अध्यक्ष नबिन गुरुङ ले यहासम्म परीवार लाई दिनुभएको योगदान र  आफ्नो बार्षिक समिक्षा प्रस्तुत गर्दै सो कार्यकाल समापन पश्चात सो समिति बिघटन गरी बन्द सत्र प्रक्रिया चलाईएको थियो ।

तमु धी का अध्यक्ष सुरज गुरुङ, फेन्थेक माइग्रेन्ट नेपाली समितिका अध्यक्ष तथा पत्रकार कृष्ण पुरी र जनाधिकार मंच कोरियाका  प्रबक्ता चुडामणि अधिकारीको सयोजकत्वमा ३ सदस्यीय एक निर्णायक मण्डल समिती गठन गरी  खोम प्रसाद गुरुङ को  नेतृत्वमा   १५   सदस्सिय नयाँ कार्य समिति चयन गरेको छ l
कास्की  पोखरा स्थायी निवाशी  खोम गुरुङ  बिगत ७  वर्ष भन्दा बढी देखी कास्की परीवार कोरिया लगाएत बिभिन्न सामाजिक कार्यमा आगाडी रहनुभएको छ l लामो समय अघि देखि कास्की परिवारमा आबद्धता र  सचिब पद सम्हाली समाजमा  महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएका कारण वहा  सर्ब सम्मतले निर्बिरोध अध्यक्षमा छानिएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुंगले  कोरियाको विभिन्न क्षेत्रमा छरिएर रहनुभएका सम्पुर्ण कास्केलीहरुलाई समेट्दै जो कोहिका लागी पनि  आफ्नो जन्मभूमि र आफ्नो आत्मिय दाजु-भाइ तथा दिदीबहिनीहरुको लागि आपद-बिपदमा  सहयोग,सल्लाह र सुझावका लागि भविष्यमा अझै सक्रिय र कृयशील बनेर कोरियामा नमुना सस्था बनाई अघि बढ्ने कुरा जनाउनु भएको छ l

कास्की परीवारका खेलकुद सयोजक क्षेत्र गुरुंगले कास्की परिवारले हरेक खेलकुद क्षेत्रमा  खेलाडीहरुले पुर्याएको योगदान  लगाएत सबैको प्रयासको उच्च  प्रशंशा गर्दै अहिले सो परिवार गठनमा उलेख्य उपस्थिति नुहुदा दुख लाग्दो कुरा भएको बताउनुभएको थियो l
कास्की परीवारलाई हालसम्म यो उचाइमा ल्याई  बिभिन्न क्षेत्रबाट योगदान पुर्याउनुहुने महानुभावहरुलाई सम्मान प्रदान गरीएको थियो l जसमा सुचना तथा संचारमा बिशेष भूमिका प्रदान गर्नुभएका तमुधी दक्षिण कोरियाका अध्यक्ष सुरज गुरुङ, खेलकुद तर्फ क्षेत्र गुरुङ , चित्र  गुरुङ लगाएतहरु  सम्मानित हुनुभएका थिए l
कार्यक्रममा एन आर एन थेगु शाखाका बरिस्ठ उपाध्यक्ष तथा कास्की परिवारको सक्रिय सदस्य अर्जुन  कुमार श्रेष्ठ ले  सबैलाई समेट्दै  कास्की जिल्लाको हरेक क्षेत्रको पहुँच पुग्ने गरि सक्षम, कृयशिल र भावी कार्यक्रमलाई स्पष्ट दिशा निर्देष गर्न सक्ने गरी अगाडी बढ्न नव गठित  कार्यसमितिलाई शुभकामना  प्रदान गर्नुभएको  थियो l
कार्यक्रममा  सामाजसेवी तथा सल्लहाकार लक्ष्मी गुरुङ लामा , वुमन फर  वुमन बाट ऋतु श्रेष्ठ भट्टचन, थेजन नेपाली समाजका गोबिन्द बास्तोला   लगाएत अन्य   बुद्धिजीवी, ब्यबसायी, मजदुर,महिला,खेलाडी,पत्रकार सबैको उपस्थिति रहेको थियो l
त्यसैगरी  सेप्टेम्बर २९ तारिक मा बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले यस् परिवारको सल्लाहकारमा श्री नवीन गुरुङ ,लक्ष्मी लामा , सुरज गुरुङ, कृष्ण पुरी, चुडामणि अधिकारी , रितु श्रेष्ठ , गोलमान गुरुङ,  क्षेत्र गुरुङ र अर्जुनकुमार श्रेष्ठ  तथा बिमल सुवेदी लाई चयन गरेको छ । यसैगरी संस्थाको संचार संयाेजककाे रूपमा सह  सचिब अमृत  प्रसाद   बास्तोला र  पत्रकार अर्जुन बराल लाई चयन गरेको छ । यस संस्थाले बिगतमा खेलकुद तर्फ धेरै सफलता प्राप्त गरिसकेको छ । त्यसैगरी खेल्कुद संयाेजककाे रूपमा दल गुरूङ लाई चयन गरेकाे छ।नया कार्यसमितीले आवस्यकता अनुसार सल्लाहकार, थप सदस्य तथा  बिभिन्न उप सयोजकहरु गठन गर्न सकिने पनि सो भेलाले पारीत गरेको छ l साथै हिजो सम्पन्न एन आर एन कोरिया  को निर्वाचनमा कास्की जिल्लाका सल्लाहकार लक्ष्मी लामा गुरुङ, सद्स्यमा बुद्दी गुरुङ र महिला प्रतिनिधि मा भावना गुरुङ चयन हुनुभएकोमा कास्की परीवारले बधाई ज्ञपान पनि गरेको छ ।


कास्की परिवार दक्षिण कोरिया को तेस्रो आधिबेसनबाट चयन नयाँ  कार्यसमितिहरुको नामावली :-

अध्यक्ष : खोम प्रसाद  गुरुङ
ब. उपाध्यक्ष : भक्त ब गुरुङ
उपाध्यक्ष : दिलु श्रेष्ठ
      "        : बालकृष्ण  त्रिपाठि
सचिब : पुस्पराज तिमिल्सिना
सह सचिब: विशाल गुरुङ
      "        : अमृत प्रसाद बास्तोला
कोषाध्यक्ष   : सगुन गुरुङ, भट्टचन
सह कोषाध्यक्ष   : होम ब गुरुङ
सदस्यहरु: पुर्ण चन्द्र अधिकारी
 कृतिराज तिवारी , बिबुर गुरुङ, प्रकाश गुरुङ, गोविन्द प्रसाद बरल, राज श्रेष्ठ

No comments:

Post a Comment