Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 24, 2015

कोरियाबाट प्रदिप घर फर्केन

अनिल गुरुङ्ग |
करीब पांच महिना अघि कोरिया आएका प्रदिपले किन जीवन त्याग्न पुग्यो होला भनेर मलाई साह्रै उत्सुकता भई रहयो । प्रदिपको मृत्युको खबर मैले बुसानका मित्र एल बी बिष्टबाट थाहा पाएको थिए । लगत्तै मैले उसको रुम पार्टनर कृष्ण लगायत गजेदोका साथीहरुसंग सम्पर्क गरे । साथीको मृत्युले अत्तालिएका उनीहरुलाई सान्तावना दिए तथा उनीहरुले अव के गर्ने भन्ने बिषयमा सरसरती जानकारी दिए । प्रहरी कार्यालयमा रहेका साथीहरुलाई मैले दिएको सुझाव तथा सान्तावना पछि  केही आश्वस्त भए । सोही दिन राती करिब १२. ३० बजे मृतकका दाजु हरिकृष्णका साथी राजुसंग लगायत वहांको दाजुसंग पनि सम्पर्क भयो । भोलि पल्ट आइतबारको दिन बिहानै अफिस पुगेर आवश्यक कागजात नेपाल पठाए र सोमबार गजेधो जाने निधो गरे । सोमबार बिहान गजेधो जाने क्रममा गत शनिबार देखि नै गजेधो नेपाली समाजका सभापति मनोज भण्डारीसंग नियमित सम्पर्क भई रहेको थियो । अत्यन्तै सक्रिय मनोज भण्डारी लगायत गजेधोका थुप्रै साथीहरुले प्रदिपको मृत्यु पछिका कार्यहरुमा गरेको सहयोगको प्रशंसा गर्न मसंग शब्दको अभाव छ ।  संयोगवश मनोज भण्डारी लगायत अन्य दुई जना साथीहरु पनि सोलमा आउनु भएको कारणले सोमबार गजेधो जाने टोलीमा हामी पांच जना भयौ । हाम्रो टोलीको नेतृत्व गर्नु भएको थियो महामहिम राजदूतज्यूले ।

आत्महत्याको बिषय भएको हुनाले महामहिमज्युले मैले पनि बुझनु जरुरी छ , म पनि जान्छु भन्नु भयो । पांच घण्टाको लामो तथा पट्टाएर लाग्दा यात्रा पछि गजेधो पुग्यौ. । त्यहां पुग्दा हेलो नेपाल एण्ड ईण्डियन रेष्टुरेण्टमा थुप्रै भाई बहिनीहरु नियास्रो मुख लगाएर हाम्रो प्रतिक्षामा बसेका थिए । निकै लामो भलाकुसारी पछि सानो औपचारिक कार्यक्रमको संचालन नोबिन्द« भाईले गर्नु भएको थियो । हाम्रो उपस्थितिले उनीहरुले केही राहत महसुस गरेका थिए, तर सबै गम्भिर थिए । महामहिमज्युले पनि अत्यन्तै गम्भिर भएर  वहांहरुको कुरा सुन्नु भयो । त्यस पछि हामी लाग्यौ त्यो कोठामा जहां प्रदिपले मृत्यु वरण गर्न पुगेको थिए । नेपालमा कुनै उच्च तहको हाकिमले पनि प्राप्त नगर्ने सुन्दर अपार्ट थियो । कोठाहरु साना तर चिटिक्क परेका । सफा सुग्घर तथा फ्रिज, टि.भि. लगायत सबै सुविधा उपलब्ध भएको । लन्ड्री रुमको लुगा  सुकाउने पाईपमा डोरीको पासो लगाएर प्रदिपले देह त्याग गरेका रहेछन् ।
पछि शव राखिएको गृहमा गएर प्रदिपको शव पनि अवलोकन ग¥यौ । आत्महत्या हो भन्ने कुरामा कसैको दुई राय रहेन । पछि कम्पनीको मालिक तथा म्यानेजर लगायतसंग हामी नेपाली पक्षले छलफल ग¥यो । छलफलमा मनोज भण्डारी, मीन गुरुङ्ग लगायत थुप्रै भाई बहिनीहरु थिए ।  मालिक अत्यन्तै भद« व्यक्ति थिए । वहांले  सबै प्रकारको सहयोग गर्ने वचन दिनु भयो । २३ तारिखका दिन नेपालबाट

प्रदिपको बुवाको मञ्जुरी तथा कोरियामा रहेका दाजु हरिको ईच्छा अनुसार स्र्वगीय प्रदिपको गजेधोमा नै दाहसंस्कार भयो । अन्तिम समयमा गजेधोका नेपाली साथीहरुको उपस्थिति थियो ।

किन आत्महत्या गर्नु प¥यो प्रदिपले भन्ने प्रश्नको जवाफ ठयाक्कै हामीसंग छैन । तर परिस्थितिलाई केही बिशलेषण गर्न सकिन्छ । सामान्य बिरामी हुनु कुनै नौलो बिषय होइन । प्रदिप पनि सामान्य पेट दुख्ने रोगले पिडित रहेछन् । दाजु तथा अन्य साथी भाई लगायत कम्पनीले पनि वहांको उपचार गराएको र केही बिषेक भएर आफनै कोठामा आराम गर्दै थिए । अचानक यस्तो घटना भयो । गजेधोका सबै नेपालीहरु प्रदिपलाई सम्झन्छन तर प्रदिपले कसैलाई सम्झेनछ । अरुलाई त नसम्झनु ठिकै होला तर सत्तरी बर्ष काटेका आमा बुवालाई पनि सम्झेनछ । प्रदिपले लेख्नु भएको छ “आमा मलाई माफ गर्नु होला” । तर बृद्ध आमाको काख रित्ताउनेले माफी पाउला ? के आत्महत्या समाधान हो ? कदापि होईन ।

२३ तारिखका दिन सांझ प्रदिपको दाजु हरिले नेपाल फर्कने बेलामा मलाई एयरपोर्टबाट फोन गर्नु भयो । वहांको अवस्था अत्यन्तै दुखित थियो । दाजु भाई दुवै जना भएर केही कमाई गरौला र नेपालमा केही व्यवस्था गरौला भन्ने थियो शायद । तर एकलै फर्कदा दाजु हरिको मन पीडाले भारी थियो । “गाउंमा के भन्ने होला सर ?” प्रश्न बडो मार्मिक थियो मैले भने “प्रदिप घर फर्केन भन्नु ” उताबाट केही आवाज आएन , केवल रुदै आंसुको भेल बगेको बुझिन्थ्यो ।

No comments:

Post a Comment