Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, September 21, 2015

थेगुमा "तीज विशेष" कार्यक्रम भब्यताका साथ सम्पन्न ( फोटो फिचर सहित )

आङ दोर्जे शेर्पा ( नमस्ते नेपाल कोरिया सम्बादाता ), थेगु
"हाम्रो कला हाम्रो सस्कृती हाम्रो देश हाम्रो गौरव" भन्ने मुलनाराको साथ भावना गुरुङको संयोजकत्वमा गैर आबसिय नेपाली संघ दक्षिण कोरिया,ख्यङ्बोक(थेगु)क्षेत्रीय समितिद्वारा  आयोजित "तीज विशेष" कार्यक्रम कोरियाको थेगुस्थित यङ्सानको दुरिम बुफेमा सेप्टेम्बर २० आइतबारको दिन भब्यताकोसाथ सम्पन्न भएको छ।
सस्थाको अध्यक्ष नेत्र दुलालको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रममा मजदुर,विद्यार्थी,ब्यापारी,बुद्धिजीवी,
पत्रकार लगायत विभिन्न सामाजिक संघसस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रमको लागि स्वागत मन्तव्य सस्थाको उपाध्यक्ष अर्जुन श्रेष्ठबाट भएको थियो। नेपाली राष्ट्रिय गित सहित "नयाँ संविधान २०७२" को उपलक्ष्यमा कार्यक्रमको लागि प्रमुख अथिती विद्यार्थीहरुको छाता संगठन सोन्सिककी अध्यक्ष इन्दिरा तिवारी लगायतका अथितिगणहरुबाट संयुक्तरुपमा गरिएको दीप प्रज्वलनबाट भएको थियो। बिशुद   नेपाली कला,संस्कृती   र मौलिकता झल्काउने विभिन्न नेपाली तीज,लोकदोहोरी र सदाबाहार गीत संगीतको तालमा उपस्थित नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले एकआपसमा सुख दुखका क्षणहरु साट्ने मौका पाएका थिए ।

सामाजिक सेवामा आबद्द  विभिन्न ब्यक्तीहरुलाई सम्मान गरियेको उक्त  कार्यक्रम सोम ढकाल र आङ दोर्जे शेर्पाबाट संयुक्त रुपमा सन्चालन भएको थियो।कार्यक्रममा स्थानीय कलाकारहरुले आफ्नो प्रतिभा देखाउने मौका पनी पाएका थिए   भने कार्यक्रममा मुख्य आकर्षणको रूपमा राम प्रसाद पान्डे,हरि कृष्ण कुवर,दिपेन राई आदि थिए  जस्को दमदार गायन र नृत्य प्रस्तुतिहरुले सबैको मन जितेको थियो।

अध्यक्ष दुलालले कार्यक्रम सोचेभन्दा सफल भएको र आगामी दिनमापनि सस्थाले यसैगरि नेपालीहरुको एक्यवद्धता दर्शाउने खालको कार्यक्रम गर्ने कुरा जानकारी गरायेका थिए ।


No comments:

Post a Comment