Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, September 21, 2015

कोरियाको फेन्थेक माइग्रेन्ट नेपाली समितिको अध्यक्षमा कृष्ण पुरी चयन

  नमस्ते नेपाल कोरिया संवाददाता 
 सबै नेपालीमा सद्भाव एकता,दुख-सुखमा आत्मियता भन्ने मूल भावाना बोक्दै आएको  कोरियाको प्रबाशी नेपालीहरुको साझा सस्था  फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समितीको सम्पन्न चौथो साधारण सभामा कृष्ण पुरी निर्बिरोध अध्यक्षमा चयन भएका छन् l

 कोरियाको  सेप्टेम्बर २० आईतबारका दिन चौथो साधारण सभा तथा अधिबेसन कार्यक्रमको सभापतित्व गरेका सोहि समितीका अध्यक्ष बिजु बिक्रम थापाले आफ्नो बार्षिक समिक्षा प्रस्तुत गर्दै सो कार्यकाल समापन पश्चात सो समिति बिघटन गरी बन्द सत्र प्रक्रिया चलाईएको थियो ।
एक निर्णायक मण्डल समिती गठन गरी समितिको बिधान प्रक्रिया बाट कृष्ण पुरीको नेतृत्वमा ९ सदस्सिय नयाँ कार्य समिति चयन गरेको छ ।कास्की  पोखरा स्थायी निवाशी  पुरी बिगत ३  वर्ष देखी सो समितीमा आबद्ध हुदै कोरियामा पत्रकारीता सगै  सामाजिक क्षेत्रमा सक्रिय भूमिकामा रहनुभएका कारण सर्ब सम्मतले निर्बिरोध अध्यक्षमा छानिएका हुन् ।

कार्यक्रममा समितीका बरिष्ठ उपाध्यक्ष भक्त थापा बाट उपस्थित सबैलार्इ स्वागत मन्तब्य प्रकट भएको थियो । कोरिया संदेश क्लबका अध्यक्ष तथा पत्रकार मिन प्रकाश उप्रेतीको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा समाज सेवीहरु जीवन थापा , गिताराम सापकोटा,यम श्रेष्ठ लगाएत बुद्धिजिबीहरु सघं, संस्थाका प्रतिनिधि , पत्रकार, कलाकार स्थानिय नेपालीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संञ्चालन सोहि समितीका सचिब नारन पाठकले गरेका थिए भने सो बर्षको आर्थिक प्रतिबेदन कोषाध्यक्ष नगेन्द्र पाण्डे द्वारा पेश गरीएको थियो ।

सो नया समिती चयन र कार्यक्रम सफल पार्नुहुने सम्पूर्ण महानुभावहरुलाई फेन्थेक नेपाली समितीका नव गठित समितीका अध्यक्ष पुरीले स्वागत गर्दै हार्दिक आभार तथा धन्याबाद ज्ञापन गरेका थिए ।
उक्त माइग्रेन्ट नेपाली समितीको नया कार्यसमिति चयन गर्न बिसेष सहयोग गर्नुहुने निर्णायक मण्डल , समितिका पदाधिकारीहरु , अतिथि ज्यु हरु लगाएत सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यबाद ब्यक्त गर्दै सबैको साथ ,हौसला लाई समन्वय गरी सो नव गठित समिती सामाजिक कार्यमा निरन्तर उच्च गतिमा हामी सबै नेपाली एक हौ भन्ने भावनाले अघि बढिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त समितीको सरक्षकमा फेरी पूर्व अध्यक्ष तथा हाल सरक्षक रहनुभएका यादब खनाल र प्रमुख सल्लाहकारमा पूर्व अध्यक्ष सुबर्ण चौलागाई लाई चयन गरीएको छ । नया कार्यसमितिको सिफारिसमा आवस्यकता अनुसार थप सल्लाहकार र नया सदस्यहरु राख्न सकिने पनि सो समितीले जानकारी दिईको छ ।
सोहि दिन साझ हामी नेपाली हामी सबैको नया संबिधान २०७२ जारी भएको शुभ अवसरमा स्वागतार्थ दीपावली कार्यक्रम पनि भब्य रुपमा सफल गरीएको थियो l

नया गठित कार्य समितिहरु:-
अध्यक्ष:- कृष्ण पुरी
बरिस्ठ उपाध्यक्ष :- प्रविन गिरी
कोषाध्यक्ष :- काजीमान तामांग
सह कोषाध्यक्ष :- प्रदीप पंगेनी
सचिब :- पान बहादुर खड्का
सह सचिब :- गणेश न्यौपाने

सदस्यहरु :- 
गौरभ न्यौपाने
घनश्याम भुसाल
श्याम कृष्ण रेग्मी ।

No comments:

Post a Comment