Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, September 19, 2015

रुपन्देही सम्पर्क समितिको अधिवेशन छुसकमा हुने

नमस्ते नेपाल  कोरिया सम्वादाता 
 रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको चौथो साधारणसभा तथा अधिवेशन छुसकमा हुने भएको छ ।


समितिले छुसकको तेस्रो दिन सेप्टेम्बर २८ तारिकमा अधिवेशन गर्ने संस्थाका अध्यक्ष प्रितम गुरुङ्ले जानकारी दिए ।
गुरुङ्को अनुसार अधिवेशनले अगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
सोलको सुयु स्थित ह्याप्पी रेष्टुरेण्टमा हुने साधारणसभा तथा अधिवेशन कार्यक्रम दिनको ३ बजे सुरु हुने बताईएको छ ।
अधिवेशनका लागि कोरियामा रहेका सम्पूर्ण रुपन्देहीवासीहरुलाई उपस्थित हुन समेत अनुरोध गरिएको छ ।
ट्रेन लाईन नम्वर ४ प्रयोग गरी सुयु योक गेट नम्बर ५ हुँदै ह्याप्पी कुक रेष्टुरेण्टमा कार्यक्रममा सहभागी हुन सकिने आयोजकले जानकारी दिएको छ ।
रुपन्देही सम्पर्क समिति दक्षिण कोरिया २००८ सालमा स्थापना भई कोरिया स्थित विभिन्न संघ–संस्थाहरुसँग हातेमालो गर्दै सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ ।

No comments:

Post a Comment