Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, September 12, 2015

सेप्टेम्बर २८ छुसकमा कास्की परिवारको साधारणसभा तथा तेस्रो अधिवेशन हुदै

नमस्ते नेपाल कोरिया 
१३  सेप्टेम्बर,२०१५
सुरज गुरुंग , सोल कोरिया  ।

   कोरियाको महान पर्व छुसकको अवसर पारी कास्की परिवार,द.कोरियाले सातौं साधारणसभा तथा तेस्रो अधिवेशन आयोजना गर्ने भएको छ।सन २००८ मा कोरियामा छरिएर रहेका सम्पुर्ण कास्केलीहरुलाई समेटी आपसी सद्भाव,सहयोग र आफ्नो जन्मभूमिको  निमित्त केही शुभकार्यहरु गर्न सकियोस भन्ने उद्देश्यले गठित कास्की परिवार यस प्रवासी भूमिमा सकृय रहदै आएको छ।यो संस्थाले यहाँ आईपरेका हरेक सुख-दु:ख, आपद-बिपदमा सहयोग अनि सहभागी जनाउदै आइरहेको सर्वबिदितै छ।भविष्यमा अझै यो संस्थालाई अरु बढी सक्रिय र कृयशील बनाउन अत्यन्तै जरुरी देखिन्छ।
तसर्थ कोरियाको महान पर्व छुसकको तेस्रो दिन अर्थात September 28 मा सातौं साधारणसभा तथा तेस्रो अधिवेशन आयोजना गर्न गइरहेको हुंदा कास्की जिल्लाबाट आउनुभै कोरियाको विभिन्न क्षेत्रमा छरिएर रहनुभएका मजदुर,ब्यबसायी,बिद्यार्थी,बुद्धिजीवी,खेलाडी,पत्रकार लगायत सम्पुर्ण दिदी-बहिनी तथा दाज्यु-भाइ उपस्थित भैदिनु हुन कास्की परिवार बिनम्र अनुरोध गर्दछ l 

No comments:

Post a Comment