Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, September 14, 2015

थेगुमा बिरामी दल बहादुर थापाको बिदाइ कार्यक्रम

आङ दोर्जे शेर्पा (नमस्ते नेपाल कोरिया सम्बादाता ) थेगु, दक्षिण कोरिया 
बिगत लामो समयदेखी थेगुस्थित ओइरोइन हस्पिटलमा आफ्नो जीवन र मृत्युसङ लडदै आईरहनुभएका ४६ बर्षिय गुल्मी निबासी श्री दल बहादुर थापा अन्ततः मृत्युलाई जितेर नयाँ नव जिवनको आशा र खुशी बोकेर हर्सो र उल्लासकासाथ आफ्नै मातृ भुमी नेपाल फर्कने तरखरमा हुनुहुन्छ।थापा बिगत १२ महिनादेखी सन्सारमै दुर्लभ मानिने लाखौं मध्ये एकजनामा देखिने रोग GILL BARREN SYNDROME नामक रोगको  उपचारार्थ हस्पिटलको सैयामा आफ्नो जीवन र मृत्युसङ संघर्षरत हुनुहुन्थ्यो।
हाल उहाँ व्हिल चेयरमा बसेर आफै हिड्डुल गर्नुको साथै समान्यरुपमा कुराकानीसमेत गर्नसक्ने हुनुभएको छ।

थापा बिगत लामो समय देखि नेपाल अन्नपूर्ण सेवा समाज र गुल्मी सम्पर्क समिती दछिण कोरियाको प्रत्यक्ष निगरानीमा हुनुहुन्थ्यो।नेपाल अन्नपूर्ण सेवा समाज दक्षिण कोरिया थेगु र गुल्मी सम्पर्क समाजले विभिन्न चरणमा गरेर बिरामीको उपचारर्थ सहयोग रकम जुटाईरहेको थियो।यसरी आफ्नो स्वास्थ्यमा क्रमिकरुपमा सुधार आइ मृत्युलाई जितेर नयाँ जीवन प्राप्त गर्नुभएका थापा र उहाको घरपरिवारले नेपाल जाने ईच्छा गर्नुभएकोले हस्पिटलको बाकी रकमका साथै हवाई भाडाको लागि थापा परिवार असमर्थ भएकोले बिरामीका छोरा श्री भीष्म थापाले अन्तिम चरणको सहयोगकोलागि नेपाल अन्नपूर्ण सेवा समाज र गुल्मी सम्पर्क समितिलाई हार्दिक अपिल गर्नु भएको थियो।

अन्तिम चरणको सहयोगको रुपमा नेपाल अन्नपूर्ण सेवा समाजबाट "८ लाख १५ हजार वोन" र गुल्मी सम्पर्क समितिबाट "३० लाख १५ हजार वोन" सहयोग रकम संकलनगरि सहयोग रकम हस्तान्तरण भएको थियो ।२०१५ सेप्टेम्बर १३   तारिख आईतवारको दिन थेगु स्थित ओइरोइन हस्पिटलमा नेपाल अन्नपूर्ण सेवा समाजका निबर्तमान अध्यक्ष श्री नगेन्द्र मगर स्वयम् उपस्थित भएर उत्त सहयोग रकम थापापरिवारलाई हस्तान्तरण गर्नु भएको थियो।साथमा एनआरएन थेगुका निबर्तमान अध्यक्ष श्री नेत्र दुलाल,एनआरएन थेगुका बरिष्ठ उपाध्यक्ष श्री अर्जुन श्रेष्ठ र नेपाल अन्नपूर्ण सेवा समाजका बरिष्ठ   सल्लाहकार सुश्री भावना गुरुङ्पनी उपस्थित हुनु  भएको थियो।
उपस्थित महानुभाबहरु सबैले थापापरिवारलाई नयाँ जिवनकोलागि सुभकामना दिनुको साथै सामन्य बिदाई कार्यक्रमपनि गर्नु भएको थियो।

No comments:

Post a Comment