Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 17, 2015

असोज ३ गते कोरियामा पनि संविधानको दिपावली

नमस्ते नेपाल कोरीया  संवाददाता 
नेपालको संबिधान २०७२ घोषणा भएको दिन कोरियामा पनि दिपावली मनाइने भएको छ | प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका प्रवास भातृ संगठनहरुको सयुक्त आयोजनामा खुशीयालीको दीपावली मनाउन लागिएको हो |

तिनैवटै पार्टीबाट आ- आफ्ना भातृ संगठन,शुभेच्छुक संस्था, कार्यकर्ताहरु र आम नागरिकमा खुशी साटासाट गर्न आएको निर्देशन र स्वस्फूर्तरुपमा प्रवासमा रहेका राजनीतिक दलका भातृ संगठनमा माओ पार्टीहरुले संविधान निर्माणमा देखाएको ऐतिहासिक एकताले सबै संगठनको समुन्वयमा कार्यक्रम तय भएको जानकारी नेपाली जनसम्पर्क समितिका सह- महामन्त्री जीतेन्द्र महताले जानकारी गराएका छन् ।

छोटो समयमा कार्यक्रम तय गर्नु परेकाले कोरियामा रहेका सम्पूर्ण संघसंस्था, पत्रकार ,व्यापारी, विद्यार्थी, बुद्धिजीवी, शुभेच्छुक सबैलाई देहाय बमोजिमको मिति र स्थानमा उपस्थित भई दिन हुन जनसम्पर्क समिति सभापति नवराज शिवाकोटी, प्रवासी मंच अध्यक्ष गोबिन्द गाउले र जनअधिकार मंच अध्यक्ष सागर न्यापानेले सयुक्तरुपमा अपिल गरेका छन् ।

मिति-२० सेप्टेम्बर २०१५
समय- बेलुका ८ बजे
स्थान- नयाँ नेपाल हाउस, दोङ्देमुन

No comments:

Post a Comment