Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 24, 2015

जनजाती महासंघ कोरियाद्वारा सम्पूर्ण संघ संस्थालाई शुभकामना

जीबी लामा ,सउल
कोरियामा आउदै गरेको  महान चाड छुसकको अवसरमा यहाँ रहेका सम्पूर्ण संघ संस्था र नेपाली समुदाय लाई जनजाती महासंघ द.कोरियाले शुभकामना तथा कार्यक्रम सफलताको कामना गरेको छ ।

छुसकको अबसर पारेर गर्न लागिएको बिभिन्न सांस्कृतिक कार्यक्रम  अन्तर्गत  पहिलो दिन सेप्टेम्बर २६ मा म्याग्दी समाजले गर्न लागेको  म्याग्दी म्युजिकल शो ,  दोस्रो दिन २७ मा तमुधि  कोरियाले गर्न लागेको  कर्मा ब्याण्ड लाईभ कन्सर्ट, गोरखा परिवारले गर्न लागेको मन्त्र लाईभ कन्सर्ट ,एभरेस्ट एफसीले गर्न लागेको द साउण्ड अफ समर र सेप्टेम्बर २८ मा  नागार्जुन गुम्बाले आयोजना गरेको ५ औ नागार्जुन मैत्रीपुर्ण फूटबल प्रतियोगिता  सम्पन्न हुन गैरहेको छ ।
बिभिन्न सामाजिक उदेश्यले सम्पन्न हुन् गैरहेको  उक्त कार्यक्रम  सफलता पुर्बक सम्पन्न गरिदिनु हुन द. कोरियामा रहेका सम्पूर्ण संघ संस्था, ब्यापारी, बिधार्थी  र द. कोरियामा बसोबास गर्नु हुने सम्पुर्ण नेपाली समुदायमा जनजाती महासंघ द.कोरियाले हार्दिक अनुरोध गरेको छ ।

No comments:

Post a Comment