Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, September 14, 2015

संबिधान जारी हुने पक्की भएपछि शेयर बजार उकालो लाग्दै

रमेश खावाजु  
संबिधानसभामा  नयाँ संबिधान जारी गर्ने  पक्की भएपछि शेयर बजारमा विभिन्न कम्पनीको भाउमा पनि उकालो लागेको छ  ।

 सोमबार अधिकांश कम्पनीका शेयर मूल्य बढेका थियो भने  दोश्रो बजारमा दिउसो १२ बजे  शेयरको कारोबार सुरु भएको १५ मिनेटमा नै १५ अंकले बढेर नेप्से अंक १२०२ विन्दु पार गरेको थियो । वित्त र उत्पादन समूहमा बाहेक अन्य सबै समूहमा शेयरको मुल्य बढेको  ठुलो  तर बजार बन्द हुने समयसम्म आईपुग्दा नेप्से १०.१८ अंकले बढेर ११९४.११ रोकिएको छ । कारोबारमा आएकामध्ये अधिकांस समूहको समूहगत परिसूचकमा सकारात्मक रहेका छन । सबैभन्दा धेरै  जलविद्युत समूहको परिसूचक ४० अंकले बढेको छ ।


गत आर्थिक बर्ष १ करोड ९५ लाख खुद मुनाफा  आर्जन गरेको  रिडी हाईड्रो पावरले  ३५ प्रतिशत हकप्रद र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेपछि कम्पनीको मुल्य एककासी बढेर सोमबार अन्तिम मुल्य ४६० रुपैयामा कारोबार भएको थियॊ l  निकै  लामो समय देखी शेयर मुल्यमा गिरावटमा आएको चिलिमे हाइड्रो पावरको  मुल्य पनि आइतबार ३१ रुपैंया तथा सोमबार ४० रुपैंया बढेको छ l

 त्यसै गरि  हामा मर्चेण्ट एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएको छन ।यसको शेयर मुल्य दश प्रतिशत बढिले बढेको छ । त्यस्तै एपेक्स डिभलपमेन्ट, तिनाऊ डिपलमेन्ट, शुभेच्छा विकास बैंक, ज्योति विकास बैंक र सुप्रिम डिभलपमेन्ट बैंक कमाउनेको सूचीमा छन ।  सेति ,जानकी र सेन्ट्रल फाइनान्सका लगानीकर्ताहरु पनि कमाउनेको सूचीमा अग्रपंक्तिमा परेका छन ।

यता गुमाउनेको सूचीमा तारा गाऊ रीजेन्सी होटल , एक्सल डिभलपमेन्ट बैंक, ,भक्तपुर फाइनान्स, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, गुहेश्वरी  फाइनान्स, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स,हिमालयन डिष्टीलरी र लुम्बीनी फाइनान्स लगायतका कम्पनी परेका छन ।

सोमबार नेपाल इन्भेष्टमेन्ट बैंकका प्रोमोटोर शेयरको उच्च कारोबार भएको छ । जसको ५ करोडरुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एनआईसि एशिया, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड बढिको कारोबार भएको छ ।

कुमारी बैंक र नबिल बैंको संस्थापक शेयरको कारोबार पनि २ करोड बढिको भएको छ भने एन्भेयटमेन्ट, एनबीबी, प्राईम र एभरेष्टले पनि करोड बढिको कारोबार गरेका छन ।

यसदिन शेयरबजारमा १३५ कम्पनीका २ हजार ७ सय ४२ कारोबारबाट १० लाख ७९ हजार कित्ताशेयर ५७ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन ।

No comments:

Post a Comment