Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, September 14, 2015

रोधी सांगितीक सौगात ‘भाग–३’, कर्म ब्याण्ड लाईभ कन्सर्टको तयारी तिब्र पारिँदै

नोमराज गुरुङ ,सोल कोरिया
कोरियाली पर्व छुसकको दोस्रो दिन, २७ सेप्टेम्बरमा हुने ‘रोधी सांगितीक भाग–३’ (कर्म ब्याण्ड लाईभ कन्सर्ट) को तयारी तिब्र पारिएको छ । आयोजक तमु धीँ दक्षिण कोरियाले कार्यक्रम मिति नजिकिँदै गर्दा तयारी तिब्र बनाएको हो ।

संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक सुरज गुरुङ्ले दिएको जानकारी अनुसार अहिले व्यापाक प्रचार प्रसार तथा टिकट बितरण कार्यक्रमलाई तिब्र पारिएको छ । प्रचारप्रसारको लागि सोलको नेपाली शहर दोङ्देमुन, योङ्दम्फु, वेजम्बु, सुवन, आन्सान, फारान, छनान्, फेन्तेक लगायतका स्थानहरुमा पोस्टरिङ् गरिसकिएको बताईएको छ ।
त्यस्तै अन्य क्षेत्रहरु थेगुमा अन्नपूर्ण समाज थेगु, खजेदोमा इन्द्र गुरुङ्, मोक्पोमा बिक्रम गुरुङ, किमेमा अनिस गुरुङ, थान्जिनमा गुप्त गुरुङ, बुवानमा दिलिप गुरुङ्, थेजनमा मोहन गुरुङ् र बुसानमा रोहित गुरुङ्ले प्रचार प्रसार तथा टिकट बितरणको जिम्मेवारी दिईएको छ । अन्य क्षेत्रमा भने मूल आयोजक समितिले नै प्रचार प्रसार तथा टिकट बितरण गर्ने बताईएको छ ।
टिकट बितरणकै लागि कोरियामै स्थापित सम्पूर्ण जातीय र क्षेत्रीय संघ संस्थाहरुलाई अनुरोध गरिएको छ । त्यस्तै कार्यक्रमको लागि कोरियामा रहेका व्यावसायी, ब्यापारी तथा अन्य बुद्धिजीबिहरुलाई समेत निमन्त्रणा पत्र पठाईसकिएको छ ।
सोलको हुक्सक योक नजिकै ‘वन बुल्क्यो सउल ह्वागन’ को हलमा आयोजना हुने लाईभ कन्सर्टको लागि साउण्ड सिस्टमको ब्यावस्थापन भईसकेको छ । साउण्ड सिस्टमको लागि यसअघि हामी नेपालील आयोजना गरेको लाईभ कन्सर्टले लिएको साउण्ड सिस्टमसँग सम्झौता भईसकेको आयोजकले जानकारी दिएको छ ।
कर्म ब्याण्डको लाईभ प्रस्तुतीसँगै रोधी सांगितीक सौगात भाग–३ मा सुगम संगितकी एक तारा अन्जु पन्त र चर्चीत लोकदोहोरी गायिका कृष्ण गुरुङ्को बेजोड प्रस्तुती रहने बताईएको छ ।
त्यस्तै कोरियाका चर्चीत नृत्यकारहरुको नृत्य समेत समावेश गरिने बताईएको छ । जसको लागि कलाकारहरु शतिस गुरुङ्, अनिमा सिं, सबिन गुरुङ्, मेनुका गुरुङ्, सरिता गुरुङ् लगायतका कलाकारहरु अभ्यासमा ब्यस्त रहेको छ ।
कार्यक्रम स्थलसम्म पुग्नलाई दर्शक दिर्घको सुविधाको लागि लाईन नम्बर.९, हुक्सक योकको गट नम्बर.१ बाट बाहिरिने बित्तिकै एरो सहित शंकेतिक चिन्ह राखिने आयोजकले जानकारी दिएको छ ।

No comments:

Post a Comment