Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 8, 2015

फेन्तेक नेपाली समितिको साधरण सभा तथा अधिबेशन सेप्टेम्बर २० तारिख हुदै

नमस्ते नेपाल कोरिया सम्बादाता
८ सेप्टेम्बर ,२०१५ 
दक्षिण कोरिया 


कोरियाको फेन्तेक माइग्रेन्ट सेन्टर नेपाली समितिले "हामी सबै नेपालीमा एकता, सुख - दुखमा आत्मीयता” भन्ने मूल अभिप्राय सहित यहि आउदो २० तारिक बृहतरुपमा साधरण सभा सहित चौथो अधिबेशन गर्ने भएको छ ।

दक्षिण कोरियामा जातीय , क्षेत्रीय , राजनीति र धार्मिक पहिचान भन्दा अलग पृष्ठभुमिमा रहेर पुर्ब मेचीदेखि पश्चिम महाकाली सम्मका सम्पुर्ण प्रबाशी नेपालीहरुको सुखदुःखको साझा सस्था तथा सम्पुर्ण नेपालीमनको एकता चौतारी बन्दै गएको सामाजिक क्षेत्रमा  सक्रिय सो सस्था  कोरियाको वेजम्बु देखि बुसान सम्मका कार्य शिलशिलामा रहनुभएका सम्पूर्ण प्रबाशी नेपालीहरुको साझा समुदाय हो ।   
गत आईतबार बसेको समितिको छलफल निर्णय बमोजिम हाल सम्म गरीएका कार्यहरुको समिक्षा गर्दै आगामी चरणमा अझै धेरै सहयोगी सामाजिक भावना भएका नेपालीहरुलाई एकत्रित गर्दै नया कार्य समिति चयन मार्फत सबै एक ढिक्का भएर सो समाजलाई अगाडि बढाउने योजना अनुरुप कोरियामा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि , ब्यबसायी ,बुद्धिजीवी, पत्रकार लगाएत सम्पूर्ण महानुभावहरुलाई उक्त दिन उपस्थित भएर कार्यक्रमलाई भव्यताकासाथ सफल बनाइदिनुहुन सो   समितीले हार्दिक आह्वान गरेको छ ।
कोरियामा स्थापना कालदेखि नै बहुसंख्यक नेपालीहरूको साझा सस्थाको रूपमा स्थापित फेन्तेक माईग्रेट सेन्टर नेपाली समुदायले उक्त सेन्टरको सहकार्यमा कोरियामा आपत् बिपतमा परेका दैनिक दर्जन भन्दा बढि नेपालीहरूलाई खान बस्न सहितको आश्रय,विभिन्न सामाजिक सहयोग कार्यक्रम तथा परामर्श साथै नेपाली कला ,सस्कृतिलाई पनि स्थान दिदै आएको छ भने नेपालमा पनि बिबिध सहयोग परोपकार,राहत अभियान जस्ता सहयोगीमुलक सेवा कार्यहरुमा पनि योगदान पुर्याउदै आएको छ ।
समितिले उक्त फेन्तेक नेपाली समुदायमा आबद्ध भएर सामाजिक कार्यमा हातेमालो गर्न चाहनुहुने कोरियाको  विभिन्न क्षेत्रमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निम्न मिति र स्थानमा उपस्थितिको लागि आमन्त्रण सहित अनुरोध गरेको छ ।  साथै सोहि दिन समितिको सदस्यता लिनुसक्नुभएकाहरुले नबिकरण र नयां सदस्यताको लागी पनि आह्वान गरीएको छ।


आवस्यक सम्पर्कको लागि :-
• बिजु बिक्रम थापा - ०१०-६८५३१२२०
• नारन पाठक - ०१० -६४१२२५१५   
मिति-: सेप्टेम्बर २० तारिख आईतबार
स्थान -: फेन्तेक माइग्रेन्ट सेन्टर हल
समय -मध्यान्ह ठिक १२ :०० बजे देखि ।

No comments:

Post a Comment