किशन गौतम
द.कोरियागुल्मी सम्पर्क समिति द. कोरियाले अगष्ट २३ मा आयोजना गर्न गैरहेको ५औ रेसुंगा रनिङ्कप भलिबल प्रतियोगिता तथा भाग्यशाली उपहार चिठ्ठा कार्यक्रमको तयारि व्यापक रुपमा भैरहेको कुरा समितिका सचिब उपेन्द्र अर्यालले जानकारी गराएका छन् ।
अगष्ट २ तारिखको दिन बसेको गुल्मेलीहरुको भेलाले भलिबल प्रतियोगिता तथा चिठ्ठा कार्यक्रम लाइ भव्यरुपले सम्पन्न गर्नको निम्ति विभिन्न उपसमितिहरु गठन गरि जिम्मेवारी बाडफाड को कार्य सम्पन्न गरेको छ र साथै भेलाले निम्न स्थान र मितिमा टाइसिट वितरण को कार्यक्रम रहेको हुदा कोरियामा क्रियाशील सम्पूर्ण भलिबल प्रेमी संघसंस्था का प्रतिनिधिहरुलाई उपस्थित भै आ-आफ्नो टाइसिट लिइदिनुहुन अनुरोध समेत गरेको छ ।
स्थान :ट्रेन लाइन न.६ ( 안남) आन्नाम स्टेसनको ३ न.गेट देखि करिब २०० मिटर अगाडी रहेको इंडिया प्यालेस रेस्टुरेन्ट
मिति :१६ अगष्ट २०१५ आइतबार
समय : दिनको ठिक १२ बजे

No comments:
Post a Comment