Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, August 15, 2015

कोरियामा मायामा भुलेर - भिडियो सहित

कृष्ण पुरी , नमस्ते नेपाल कोरिया डट कम
१५   अगस्त  ,२०१५

पछिल्लो समय नेपालको सांगीतिक क्षेत्रमा एक पृथक  गीती एल्बम कदम मार्फत  क्रमश चर्चामा आइरहनुभएका गायक कमल आधिकारीले आफ्नै स्वरमा सजीएको तेश्रो गीत  मायामा भुलेर नामक म्युजिक भिडियो  बजारमा सार्बजनिक गराएका  छन ।
 उक्त गीतमा मार्मिक शब्दहरु राजकुमार अमात्य को रहेको  छ  भने अभिनयमा  ईश्वर , अन्जु र निरन्जनको  रहेको छ।  म्यूजिक भिडियो  गत अगस्त १ मा यू टूयूब मार्फत सार्वजनिक गर्दै  म्युजिक नेपाल प्रालि द्वारा बजारमा ल्याइएको हो । उक्त  गीतमा  कमल अधिकारीकै  संगीत रहेको  छ  ।
 
परदेशमा रहेर व्यस्त समयका बाद्जुद पनि निकै संघर्ष गरी गीतसंगीतलाई माया गर्दै आफू यस क्षेत्रमा लागि परेको सो म्युजिक भिडियोका छायाकार  कमल वलीले बताएका छन ।

 गोबिन्द प्रभातको निर्देशन , नारायण रिजाल द्वारा सम्पादित उक्त म्युजिक भिडियो कोरियाको राजधानी सोल लगाएत  विभिन्न रमणीय स्थलहरुमा छायाँङकन गरिएको छ ।
कदम एल्बममा संग्रहित सो गीत बबई म्युजिक प्रालिले प्रबर्धन गरेको छ । यद्यपि सो गीती भिडिओको बिमोचन भने हुन बाकि रहेको बताईएको छ  ।

 प्रबाशी भूमिमा रहेतापनि आफ्नो गीत,संगीत र सिर्जनालाई जगाई राख्नको लागी यसरी लागी परेको सो  समुहमा आबद्ध रहदै  आउनुभएका अर्का  निर्देशक तथा मोडल  प्रकाश शर्माले नमस्ते नेपाल कोरिया लाई
बताए ।
साथै यस गीतलाई पूर्ण बनाउनको लागी  सहयोग दिनुहुने सम्पूर्णलाई आभार  व्यक्त गर्दै आगामी दिनमा निरन्तर  आगाडी बढ्न  सबैको साथ् र हौसलाको खाचो रहेको उनीहरुले  बताएका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला  ।


मायामा भुलेर

https://www.youtube.com/watch?v=nsuiJXbcm2k

No comments:

Post a Comment