Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 28, 2015

राईको ‘थ्री ईन वान’ एकल चित्रकला प्रदर्शनी सुरु

नोमराज गुरुङ,सोल कोरिया
दक्षिण कोरियाको राजधानी सोलको दोङ्देमुन, नेपाली शहरमा युवा चित्रकार एलबिक्रम राईको ‘थ्री ईन वान’ एकल चित्रकला प्रदर्शनी सुरु भएको छ ।

गएको २६ तारिक आईतबार दोङ्देमुनको शुमेच्छा रेष्टुरेण्ट परिसरमा राईको एकल चित्रकला प्रदर्शनीको कोरिया स्थित नेपाली दुताबासका श्रम सहचारी अनिल गुरुङले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

कोरियामा गरिएको एकल चित्रकला प्रदर्शनी भने चित्रकार राईको जीवनकै पहिलो ‘एकल चित्रकला’ प्रदर्शनी हो ।

प्रदर्शनीको उद्घाटन गर्दै गुरुङ्ले कोरियामा ब्यस्त समयको बावजुत पनि सृर्जनात्मक कला पस्किन सक्नु सबै प्रवासी नेपालीहरुको लागि प्रेरणा भएको बताए । उनले प्रदर्शनी सफलताको शुभकामना समेत दिए ।

सो अवसरमा एनसिसी कोरियाका निवर्तमान अध्यक्ष लोचन राई,  वर्तमान उपाध्यक्ष जित गुरुङ, किराँत राई योयोक्खा दक्षिण कोरियाका उपाध्यक्ष बालकृण बान्तवा, वमन फर वमनका निवर्तमान अध्यक्ष जुनु गुरुङ, व्यवसायी रबिन तामाङ लगायतले चित्रकला प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रदर्शनीमा वाटर कलर र एक्रोलिक कलरको मिश्रणबाट पेन्ट गरिएका ३३ वटा चित्रकलाहरु प्रदर्शनीमा राखिएको छ । सुरुमा करिब ६० वटा चित्रकला प्रदर्शनीमा राख्ने तयारी गरिएको भए पनि समयाभवका कारण सबै चित्रकलाहरु तयार हुन नसकेकाले ३३ वटा मात्रै प्रदर्शनमा राखिएको चित्रकार राईले जानकारी दिए ।

राईको एकल प्रयासमा तयार पारिएका चित्रकलाहरु शुभेच्छा रेष्टुरेण्टको संयोजनमा करिब एक महिनासम्म प्रदर्शनमा राखिने सो अवसरमा जानकारी गराईयो  ।

प्रदर्शन गरिने चित्रकलाले नेपालको चिनारीहरु विश्व शान्तिको अग्रदुत गौतम बुद्ध जन्मिएको देश नेपाल, विश्वकै सबै भन्दा अग्लो हिमाल सगरमाथाको देश नेपाल र विश्वमै जातीय, धार्मिक, सांस्कृतिक, भाषिक बिविधता भएको देश नेपाल भन्ने सन्देश दिने भएकाले प्रदशनीको नाम ‘थ्री ईन वान’ राखिएको राईले बताए ।

उदयपुर, कतारी–५ स्थाई घर भएका राई करिब २ वर्ष अगाडी कृषि क्षेत्रको कामदारको रुपमा कोरिया आएका हुन् । राई कोरियाको याङ्जुसीमा अण्ड उत्पादन गर्ने कम्पनीमा कर्यरत छन् ।

राईले कम्पनीको कामको बाब्जुत खाली समय निकालेर विभिन्न चित्रकलाहरु पेन्ट गर्ने गरेका छन् ।

राईले नेपालमै रहँदा समेत करिब दर्जन बढि प्रदर्शनीमा आफ्नो चित्रकला प्रदर्शन गरिसकेका छन् । उनले नेपाल हुँदा आर्ट टिचरको रुपमा समेत गरेको बताईन्छ ।

राईले सबै कोरियामा रहेका नेपाली दाजुभाई दिदि बहिनीहरुलाई चित्रकला प्रदर्शनी अवलोकन गरी सल्लाह, सुझाव र हौसला दिनुहुन समेत अनुरोध गरेको छ ।

No comments:

Post a Comment