Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 28, 2015

घरगाउ अन्धकार भो

गजल 
सुब्बा डम्बर
घरगाउ अन्धकार भो, जुन लिन आए प्रदेस !
साझबिहान भान्साको, नुन लिन आए प्रदेस !

नयनबाट भेल बग्थ्यो,आमा सधैं रित्तो देख्दा !
पसिना र खुन साटी सुन लिन आए प्रदेस

पुष माघको सिरेटोले बाबालाई लानै खोज्थ्यो !
बाबालाई बचाउन, उन लिन आए प्रदेस !

मेरो घर टेके पछी,हास्नै भुली कालिलेनी !
ओठमा हासो दिनलाई,धुन लिन आए प्रदेस !

बैनी मरिन घरैमा,ज्वाइले दाईजो नपाएर !
न्याय पाउन अधालतको,सगुन लिन आए प्रदेस !

तिहार आउथ्यो दसैं आउथ्यो,घरको रुप उस्तै !
सधैं भरी रङ्गिन पार्न, चुन लिन आए प्रदेस !

सुब्बा डम्बर  झापा 
धरम्पुर नेपाल

No comments:

Post a Comment