Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, July 30, 2015

इपिएसको अभिमुखीकरण तालिम कत्तिको प्रभावकारी

किशन गौतम, दक्षिण कोरिया |
बहुसंख्यक नेपालीहरुको रोजाइमा परेको गन्तब्य मुलुकको रुपमा चिनिने देश दक्षिण कोरिया हालका दिनमा आएर नेपालीहरुको बाक्लै उपस्थिति रहेको छ । यहाँ विभिन्न क्षेत्रमा नेपालीहरु आउने गरेका छन् । सेवामुलक ,ब्यापार र अन्य क्षेत्रमा नगन्य रुपमा नेपालीहरुको उपस्थिति भएपनि उत्पादनमुलक र कृषि क्षेत्रमा अधिकांश नेपालीहरु आउने गरेका छन् ।

श्रम र पसिनाको भरमा देशको बिकाश गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्ने दक्षिण कोरिया जस्तो देशमा श्रमिकको रुपमा काम गर्न आउने नेपाली युवा जमातलाई यहाको श्रम कानुन र शारीरिक परिश्रम कम चुनौतिपूर्ण छैन ।

दैनिक सोह्र घण्टा सम्म पनि काम गर्नु पर्ने देशमा प्रवेश गर्दा नेपालमा दिइने अभिमुखीकरण तालिम कतिसम्म प्रभावकारी छ त भन्ने कुरालाइ शुष्म रुपमा केलाएर हेर्नै पर्दछ, किनकि कुनैपनि एक देशको नागरिक अर्को देशमा श्रमिकको रुपमा प्रवेश गर्दा शारीरिक र मानसिक रुपले तयार भएको हुनुपर्ने नितान्त आबश्यक छ ।

नौलो देश ,भाषिक समस्या, नौलो परिवेष आदिकुरा त एकातिर छदैछ त्यो बाहेक कोरियन मालिकहरुको निगरानीमा पूर्णतया शारीरिक परिश्रम गर्नुपर्ने त्यो पनि १२ देखि १६ घण्टा सम्म । प्रवासी मजदुरलाई मेसिनको रुपमा लिने कोरियन कम्पनीका मालिकहरुबाट बेला बेलामा हुनेगरेका दुरब्याबहार लगाएतका समस्या त छदैछ त्यो भन्दापनि नेपाल जस्तो अल्पविकसित देशबाट आएका जहाँ मेसिनको प्रयोगका त कुरै छोडौ मेसिन सम्म पनि राम्रोसंग नदेखेका श्रमिकहरु मेसिनरी कामको लागि प्रयोग गरिदा हुने कम्पनि दुर्घटनाका समाचारहरु बाक्लै रुपमा आउन थालेका छन् ।

समस्या उत्पादन मुलक क्षेत्रको मात्र होइन कृषि क्षेत्रमा आउने श्रमिकहरुको पनि त्यो भन्दा कम छैन । दैनिक १२ देखि१४ घण्टा सम्म बाहिर जाडो, गर्मि सबै सहेर काम गर्नुपर्ने र बिदाका दिनहरुपनि ज्यादै कम हुने यस क्षेत्रमा काम गर्दाका समस्या हरुपनि कम चुनौतिपूर्ण छैन । भौगोलीक हिसाबले बर्षमा ७ महिना सम्म जाडो हुने देश कोरियामा बाहिर काम गर्दा कस्तो तयारी गर्नुपर्छ, स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने कुराको जानकारी नहुदा देखिएका स्वास्थ्य समस्याहरुपनि प्रसस्तै आउने गरेका छन् ।

यी त भए कोरियामा श्रमिकका भोगाई र समस्या तर यी समस्याको निराकरणको बारेमा सोच्नुपर्ने सम्बन्धित निकायले के कस्तो कदम चलिरहेको छ त भन्ने कुरा सबैभन्दा महत्वपुर्ण बिषय छ । के अझैपनि एक नेपाली बिदेशी भूमिमा आत्महत्या, अंगभंग तथा कम्पनि दुर्घटना बाट मृत्यु भएको खबर बन्ने हो ? यसबारेमा सम्बन्धित निकायले गम्भीर भएर नसोचे भविश्यमा यस्ता घटनाहरु पुन नदोहोरिएला भन्न नसक्ने अवस्था छ ।

एउटा नागरिकलाइ बिदेशि भुमिमा अदक्ष श्रमिकको रुपमा पठाउदा शारीरिक र मानसिक रुपले तयारी गराउने संस्था पूर्व अभिमुखिकरण तालिम केन्द्रले गराएको पूर्व तयारी कतिसम्म प्रभावकारी छ त त्यो बारेमा सम्बन्धित निकायले गम्भीर भएर सोच्नै पर्दछ किनकि शारीरिक रुपमा काम गर्न आउने श्रमिकलाई कागजी पानामा दिइने तालिमले कतिसम्म महत्व राख्ला त ?

यसै बिषयमा सउल स्थित नेपाली दुताबासका श्रमसहचारी अनिल गुरुङ भन्नु हुन्छ "नेपालमा दिइने तालिम कोरियामा गर्ने काम, यहाँको जीवनशैलि सबैलाई अध्यन गरेर विज्ञहरुले तयार पारेको हो । समय समयमा त्यसलाई परिमार्जन पनि गरिदै आएको छ । प्रभावकारिनै छैन भनेर भन्न चाहि मिल्दैन तर तालिमको अबधि भने अलि छोटो भएको महशुस हुन्छ ।"

त्यस्तै  एनआरएन कोरियाका सल्हाकार डा. देवी बहादुर बस्नेतको बिचारमा तालिमले एउटा कामदारलाइ म कस्तो देशमा र कस्तो कामको लागि जादैछु त भनेर पूर्णरुपले मानसिक तयारि गराऊन सक्नु पर्यो र कोरियाका विभिन्न कम्पनिहरुमा गरिने कामलाइ भिजोलाइज गरि उक्त भिडिओ को आधारमा तालिम संचालन गरियो भने कामदारलाइ आफुले कस्तो काम गर्नु पर्दो रहेछ भन्ने कुराको पूर्ण ज्ञान हुन्छ।

३ बर्ष अघि इपिएस मार्फत कोरिया आएका स्याङ्ग्जा जिल्लाका यादव अर्याल भन्छन्  तालिम पक्कै पनि अब्याबहरिक छ किनकि तालिममा सिकाइने कुरा र यहाँको काम आकाश धर्तिको फरक छ । तालिम ज्ञानमूलक भन्दा पनि सिप मुलक हुनुपर्यो । अदक्ष कामदार भनेर झिकाउने अनि दक्ष कामदार बराबरको काम खोज्ने कोरियन साहुहरुको व्यवहारलाइ आधार मानेर तालिम पूर्णतया व्यावहारिक हुनु अति आबस्यक छ ।

आखिर प्रयोगात्मक ज्ञान र शिपको अभाबले नै यस्ता औधोगिक दुर्घटनाहरु निम्तिरहेका छन् । त्यस्ता दुर्घटना पूर्णतया न्यूनीकरण गर्नको लागि कोरियाका विभिन्न कम्पनीहरुको स्थलगत निरिक्षण गरि तयार पारिएको रिपोर्ट लाइ आधारमानि समय सापेक्षित् , व्यावहारिक र सिपमुलक तालिम संचालन गर्नुपर्ने अति आबश्यक देखिन्छ । त्यति मात्र होइन एक नेपाली नेपाल बाट स्वास्थ्य परिक्षणमा फिट छ भनेर कोरिया पठाइन्छ तर यहाको तालिम केन्द्रमा लिईने स्वस्थ्य परिक्षणमा अनफिट भनेर तालिम केन्द्रबाटै नेपाल फर्काइयेका तथा बाध्य भएर तालिमकेन्द्रबाटै भागेका उदाहरण हरु पनि प्रसस्तै छन् । आखिर यस्तो चरम लापरवाइ कसको त , सम्बधित निकायको ध्यान त्यतापनि जहोस l
- हेल्लो नेपाल कोरिया

No comments:

Post a Comment