Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, July 29, 2015

नेपाली युवती कोरियामा दु:ख भोग्दै

देवेन्द्र सम्बाहाम्फे ,कोरिया 
 दक्षिण कोरियाको सुवन सहरनजिक पर्ने आजु विश्वविद्यालयको अस्पतालमा विदेशीभन्दा कोरियाली बिरामी बढी भेटिन्छन् । १० औं तलाको आईसीयूमा भने नाकमा अक्सिजन लगाएकी र कपाल खौरिएकी एक विदेशी महिला छन् ।

उनी हुन्, दोलखा खोपाचाकुकी डोल्मा शेर्पा, जो करिब एक महिनादेखि सघन उपचारमा छिन् । बोनम्यारो अभाव हुने समस्याबाट पीडित छिन् । अस्पतालको शय्यामा आइपुग्दासम्म धेरै दु:ख पाएकी छन् । सानो छँदा नर्स बनेर बिरामीको उपचार गर्ने सपना बुनेकी थिइन् । तर, त्यो पूरा हुन नपाउँदै सिन्धुपाल्चोकका दोर्जे शेर्पासँग बिहे भयो, १ छोरा र १ छोरी जन्मिए । परिवार पाल्न र छोराछोरी हुर्काउन/पढाउन दोर्जेले मलेसिया र भारतको फेरो मारे । स्वदेशमा हुँदा काठमाडौं बस्थे, ४/५ वर्ष बित्दा पनि सम्पर्कमा आएनन् ।

‘श्रीमान् सम्पर्कविहीन भएपछि वैवाहिक भिसामा कोरिया आउने निर्णय गरें, यसमा गाउँले दिदीहरूले सहयोग गरे,’ उनले भनिन् । कोरिया आएपछि भविष्य उज्वल हुने सोचेकी थिइन्, ठीक उल्टो भोगिन् । कोरियामै घरजम गरेका नेपाली महिलाले डोल्मालाई कोरियाली पुरुष भेट्टाइदिएका थिए ।

उनका कोरियाली पति ट्याक्सी चलाउँथे । भाषा जानी/नजानी एउटा कम्पनीमा काम गर्न थालिन् । दु:खसुख जीवन चलिरहेका बेला पतिको सवारी दुर्घटनामा मृत्यु भयो । नियमअनुसार पतिको बिमा रकम पाउनुपर्ने थियो । परिवारले नक्कली विवाह गरेको भन्दै अदालतमा मुद्दा हाल्यो । उनको भिसा रद्द गराइदिन अध्यागमन विभागमा निवेदन पनि दिए । भाषा नजान्दा सबै निकायमा आफ्ना कुरा राख्न पनि सकिनन् । सोल तुङदेमुनमा व्यवसाय गर्ने लक्ष्मी लामा गुरुङको सहयोगमा भिसा रद्द हुनबाट जोगियो । क्षतिपूर्तिको मुद्दा भने चलिरहेको छ ।

पति बितेको वर्षदिन नहुँदै उनलाई बोनम्यारो अभावको समस्या देखियो । अलिअलि कमाएको पैसाले उपचार गरेपछि फेरि काम थालिन् । काम ३ महिनापछि समस्या बल्झियो । करिब एक महिनादेखि उनी आजु विश्वविद्यालयको अस्पतालमा उपचार गराइरहेकी छन् । चिकित्सकहरूले केमोथेरापी गराएका छन् । बोनम्यारो प्रत्यारोपण गर्न भनेका छन् ।

अस्पतालमा केही सातामै बिल १ करोड वनभन्दा बढी उठेको छ । बोनम्यारो प्रत्यारोपण अझ महँगो हुने चिकित्सकको भनाइ छ । डोल्माको अवस्था थाहा पाएपछि एनआरएन लगायतका केही संस्थाले सहयोग अभियान सञ्चालन गरे पनि पर्याप्त नभएको देखिएको छ । एक सहयोगी आवश्यक भएकाले परिवारको सदस्य बोलाउन अस्पतालले पत्राचार गरेअनुसार नेपाली दूतावासले प्रक्रिया अघि बढाएको छ ।

No comments:

Post a Comment