विवेकशील नेपाली दल द.कोरिया द्रारा डोल्मा शेर्पा बचाऊ अभियानमा एकजुट हुन सम्पूर्ण कोरियाबासि नेपाली हरुमा अपिल
किशन गौतम द. कोरिया३० जुलाई २०१५ ।
दोलखा जिल्ला घर भै २०१२ मा कोरियन नागरिकसंग बिहे गरेर कोरिया प्रवेश गरेकी डोल्मा शेर्पाको नेपाल मा पहिलो बिहे भएको भएतापनि श्रीमान् ले बालबच्चा सहित उनलाई बिचल्लीमा पारेर बेपत्ता भएपछि नेपालमा जीवन धान्ने कुनै विकल्प नभएकोले तिनै बालबच्चाको भबिष्य राम्रो हुन्छ कि भन्ने सोच राखी बिबाह भिसामा कोरिया प्रवेश गरेकी थिइन् ।
तर दैव को खेल जहाँ गएपनि ठक्कर भनेजस्तै उनको कोरियन श्रीमानको पनि गाडी दुर्घटनामा मृतु भयो l प्रदेशी भूमिमा बेसहारा बनेकी नेपाली चेलीको जीवनमा अझै ठुलो बज्रपात तब पर्यो जब उनलाई अस्पतालले बोन म्यारो जस्तो प्राणघातक क्यान्सर लागेको पुष्टि गर्यो ।
आज एउटी बेसाहारा नेपाली चेली बिदेशिभुमिमा अस्पतालको शैया बाट जिबन बचाइदिन सम्पूर्ण कोरियावासी नेपाली दाजुभाई दिदीबहिनीहरु संग अपिल गरेकी छन । आज उनको यो बिरानो मुलुकमा आफन्त भनेकै हामि कोरियावासी नेपालीहरु मात्र छौ ।
तसर्थ एउटा नेपालीलाइ दुख पर्दा टुलुटुलु हेरेर बस्न नसकिने यथार्थलाई मध्यनजर गर्दै बिबेकशील नेपाली दल द.कोरियाले डोल्मा शेर्पा बचाऊ अभियान सुरु गरेको कुरा दल का सचिब यादब अर्याल ले जानकारी गराएका छन् । साथै कोरियामा रहनुहुने सम्पूर्ण सहयोगी नेपाली दाजुभाई तथा दिदीबहिनी हरुमा सहयोगको लागि पनि दल ले हार्दिक अपिल गरेको छ । कृपया सहयोग रकम जम्मा गरिसकेपछि नाम टिपाउन नभुल्नु होला । नामावालिहरु क्रमसःअपडेट गर्दै लगिनेछ ।
सहयोग को लागि :
हेमन्त मिश्रहाना बैंक
खाता नम्बर : 20791031863607
कोड: 081
सम्पर्क न.
किरण अधिकारी : 01066852809
कमल प्याकुरेल: 01059695357
यादब अर्याल ; 01032068809
हेमन्त मिश्र : 01064411680
दुर्गा फुयाल : 01064653813
बिबेकशील नेपाली दल परिवार द.कोरिया

No comments:
Post a Comment