Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, July 27, 2015

ईपीएस अन्तर्गत १० औँ सिबिटी खुल्यो

नमस्ते नेपाल कोरिया सम्वाददाता
– ईपीएस अन्तर्गत १० औँ सिबिटी आवेदन खुल्ला भएको छ ।

सन् २०१० जनवरीअघि भिषा अवधि हुँदा हुँदै स्वच्छिक रुपमा नेपाल फर्किएकाहरुले आवेदन दिन पाउनेछन | उनीहरुले कोरियामा कृषि तथा पशुपालन, उत्पादनमुलक, सेवामुलक, निर्माण र मत्स्यपालनमा रोजगारी पाउनेछन्। आवेदन साउन २० देखि २२ गते सम्म वितरण गरिने जनाइएको छ | त्यस्तै परीक्षा तालिका घोषणा साउन ३२ गते, परीक्षा भदौ ५ गते र परीक्षाफल असोज ८ गते प्रकाशित हुने जनाइएको छ |   कसले दिन पाउँछ परीक्षा?   परीक्षामा सामेल हुन २०३२ साउन २१ गते देखि २०५४ साउन २१ गते भित्र जन्म भएको हुनुपर्नेछ। त्यस्तै परीक्षामा सामेल हुन कोरियाको मानव संशाधन विभागले विशेष परीक्षामा (स्पेशल इपीएस टोपिक) सामेल हुन सक्ने भनेर उल्लेख भएका कामदारहरुले मात्र भाग लिन पाउनेछन्। कामदारहरुले आफू स्पेसल परीक्षाका लागि योग्य भएको नभएको चेक गर्न इपीएस शाखामा कार्यालय समयमा सम्पर्क राख्नुपर्नेछ।     तर कोरियामा गैर कानुनी बसोबस गरेकाहरु भने परीक्षाका लागि योग्य नहुने इपिएस शाखाले सूचना प्रकाशित गरी जानकारी गराएको छ। परीक्षामा सामेल हुनु पहिला कोरिया बसेको राहदानीको फोटोकपी समेत पेश गर्नुपर्नेछ। परीक्षाका लागि २४ अमेरिकी डलर बुझाउनुपर्नेछ। परीक्षार्थीहरुले सुनाई र पढाईको परीक्षा दिनुपर्नेछ। उनीहरुले आधा घण्टाको समयमा दुवै परीक्षामा २५/२५ वटा प्रश्नको सामना गर्नुपर्नेछ।

CLICK HERE - 10 CBT

No comments:

Post a Comment