Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, July 27, 2015

‘दोस्रो स्याङ्जा कप २०१५’ मा १९ टिामको सहभागिता हुने

नोमराज गुरुङ ,सोल कोरिया
 अगामी अगष्ट २ तारिख कोरियाको गर्मी बिदालाई लक्षित गर्दै आयोजना गर्न लागिएको ‘स्याङ्जा कप २०१५’ पुरुष भलिबल प्रतियोगितामा जम्मा १९ टिमले सहभागिता जनाउने भएको छ ।

प्रतियोगिताको मिति नजिकिँदै गर्दा आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाले जुलाई २६ तारिख आईतबार सोलको दोङ्देमुन शहरमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा सहभागि टिम र सम्बन्धित सबैलाई सहभागि टिमहरु बारे जानकारी गराएको हो ।

आयोजकले दिएको जानकारी अनुसार यसपाली ‘तमु धीँ दक्षिण कोरिया’ले भलिबल प्रतियोगितामै पहिलो पटक सहभागिता जनाउने भएका छन् । त्यस्तै केही समयको बिश्रामपछि ‘नमस्ते पाल्पा परिवार’ पनि भलिवल प्रतियोगितामा आफुलाई सहभागिता गराउँदैछन् । त्यस्तै सोल क्षेत्रमा हुने भलिबल प्रतियोगितामा ‘मोक्फो चौतारी’ पनि नयाँ टिम भएको आयोजकले जनाएको छ ।

‘सद्भाव र एकताको कामना, स्याङ्जा कपको आयोजना’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको स्याङ्जा कप २०१५ को लागि परिवारले आईतबारै खेल तालिका समेत सार्वजानिक गरेको छ ।

सार्वजानिक गरिएको खेल तालिका अनुसार ‘ए’ पोलमा  १० टिम र ‘बी’ पोलमा ९ टिम समावेश गरिएको छ । त्यस्तै प्रतियोगिताको पहिलो खेल तमु धीँ दक्षिण कोरिया र तनहुँ सम्पर्क समिति बीच बिहान ८ः३० हुनेछ र दोस्रो खेल मेचीमहाकाली युनाईटेड र युनिक भिजनबीच हुनेछ ।

सोलको गुफाबाल योक नजिकैको उन्फ्योङ्ग खेल केन्द्र (तनहुँ सम्पर्क समितिले भानु कप आयोजना गरेको स्टेडियम) मा सञ्चालन हुने प्रतियोगिताको लागि साँझ ६ बजेसम्म मात्रै हल उपलब्ध भएकाले निर्धारित समयमै खेल सुरु हुने आयोजकले सबै सहभागि टिमहरुलाई सुझाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १० लाख वनका साथै शिल्ड र प्रमाणपत्र र द्धितीय हुने नगद ७ लाख वन र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै तृतीय स्थानका लागि खेल प्रतिस्पर्धा र चिट्ठा सिस्टम दुबै नगराई दुबै टिमलाई प्रवेश शुल्क २÷२ लाख वन फिर्ता गरिनेछ ।




गर्मी विदाको अवसर परेको हुनाले दर्शकको चाप बढि हुनसक्ने र प्रतिस्पर्धी टिमहरुको सहभागिता पनि बढि हुने अनुमान भएकाले परिवारले करिब १ सय जना भोलिन्टिएरलाई युनिफर्म र परिचयपत्र सहित खटाउने आयोजकले जनाएको छ ।

खेलाडीहरु र खेलप्रेमीहरुले ट्रेन लाईन नम्बर ३ बाट गुफाबाल स्टेशनमा झरी गेट नम्बर २ बाट हिँडेर १० मिनेटमा उन्फ्योङ्ग खेल केन्द्र पुग्न सकिने आयोजकले जनाएको छ ।

त्यस्तै सबै खेलप्रेमीहरुको सुबिधाको लागि २ नम्बर गेटबाटै स्टेडियमसम्म बाटो पहिल्याउनका लागि एरो चिन्ह समेत राखिने बताईएको छ ।

प्रतियोगिता अवधीमा भाग्यशाली चिट्ठा कार्यक्रम समेत गरिने छ । १० हजार वनको चिट्ठामा  प्रथम पुरस्कार नगद ६ लाख वन, द्धितीय पुरस्कार नगद ४ लाख वन, तृतीय पुरस्का नगद २ लाख वन र सान्त्वना पुरस्कार सोलर लाईट २ जनालाई प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगिता अवधिमा खेलाडी र दर्शकको सुविधाको लािग सेल, तरकारी, मासु, भुटुवा, चिउराका साथै विभिन्न प्रकारका पेय पदार्थहरु समेत उपलब्ध गरईने बताईएको छ ।

No comments:

Post a Comment