१९९० पछिको महा विनासकारी भूकम्प -एक समसामयिक सन्देशमुलक लेख
- बलराम पुन
२८,अप्रिल २०१५ l
सन् १९९० पछि को यति ठुलो धन जनको क्षति गर्ने महाभूकम्प २०७२ सालको सुरुवातमै देखियो,यो बिचमा सानातिना भुकम्प नआएको भने होइन| यो भूकम्प ले यो इतिहासकै खतरनाक विनासकारी बनेर आयो जहाँ हामी नेपालीले कल्पनै गर्न सकेका थिएनौ,,यसले आज बिस्व जगतलाई नै स्तब्ध बनाएको छ| इतिहासकै धरहर मानिने ठुल ठुला मठ मन्दिर लगायत पुराना सबै थोक इतिहास मा सिमित बनेको छ|
जंग बहादुर राणा हाम फाल्न खोजेको धरहरा जो काठमान्डौ को प्रतिक नेपाल को मानब निर्मित सगरमाथा भनेर चिनिन्थ्यो|
२/४ सय बर्ष पुराना सबै धरोहर आज माटो मा बिलय भएको छ| यो महाभूकम्प ले गर्दा| अव्यवस्थित तरिकाले बनेका पुराना सबै घर हरु भत्की सकेका छन्|त्यो भित्र कति मान्छे छन् अजै थाहा छैन|
उद्दार कार्य तिब्र भैरहेको छ|काठमान्डौ आसपासका जिल्ला हरु सबै जसो महाभूकम्पले नस्ट गरिसकेको छ| भुकम्प दिउसोको समय मा गएको ले त्यति मानब क्ष्यति हुन नपाए पनी हजारौ हजार मान्छेको मृतु,हजारौ हजार बेपत्ता, हजार हजार घाइते भएका छन्|
आफै मा काठमान्डौ भुकम्बिय दृस्टी कोणले संसारको खतरा हुदाहुदै पनि काठमान्डौ शहरलाई सबै जिल्ला को मान्छे आएर बस्ने भएको ले बाजे बराजु का पालाको घर लाइ पुन निर्माण नगरी ति गरिब मान्छे भाडा मा बस्ने जति भर जिर्ण बन्दै जानु |
काठमान्डौ अनि आसपास का जिल्लामा भुकम्प प्रतिरोधात्मक घर नहुनुले र पुरानो भएको ले यति ठुलो धन जनको क्षति भएको हो|अझै भन्नु पर्दा हाम्रो देस नेपाल प्राकृतिक सुन्द्र्यता भएतापनि पनि भौगोलिक दृस्टी कोण ले कता कता हामी बिचको दुरी,सुचना र राज्यको त्यति चासो हुदैन|ठिक यसै बेला जाजरकोट को अज्ञात रोग भनिने महामारीले मान्छे कति मरे कति उपचार मा छन |
त्यो अहिले सायक बनेको छ यस्तो अवस्था मा| कहाँ छ राज्य ,काठमान्डौ केन्द्रित मात्र नभएर विकेन्द्रित हुनुपर्ने राज्य को कर्तब्य हो| हामी यी कुरालाई हेलचक्र्याइ गरिउ भने जाजरकोटको महामारी काठमान्डौ र त्यस जिल्लाको आसपासमा पुग्यो भने यसले एउटा नरसंहार को रुप् नलेला भन्न सकिन्न त्येसैले अहिले राज्यले सबै ठाउतिर हेर्न जरुर छ| आज जाजरकोट को कुनै समाचार आएको छैन|३० जना सम्म मरेको र ५ हजार बिरामी भएको सम्म जाजरकोट को समाचार त आयो तर त्यो कहाँ सम्म पुग्यो त्यो कसैको ध्यान छैन|यो राज्य को कर्तब्य हो|
रह्यो महाभूकम्प ले बनाएको अस्थ ब्यस्थ|यो बेला सबै को आखामा आसु छ|,देश धमिराले खाएको जस्तो भताभुंग भएको छ|यता कोलाहल छ उता चिचावट छ|को कहाँ छ|कसले के गर्दै छ|को कुन मुडमा छ|कसले के मागी रहेको छ| कसले के दिरहेको छ| कसका घर कति ढले|को कति मृतु भयो|कति ब्यपत्ता भए|कसले परिवार नै गुमाय|कसैले आफन्त गुमाय त्यो कुनै यकिन छैन तर अस्थ ब्यस्थ नेपाल को भद्रगोल हेर्दा जसले जे गर्दा पनि हुने रहेछ भनेर कम्जोर कानुन को धब्बी उड्दै रहेको छ| देश भित्र महंगी र अस्त ब्यस्थ को अवस्था छ| खाने बस्ने को कुनै ठेगान छैन|कालोबजारी दिनानु दिन बढिरहेको छ|
राहत को नाम मा कम्जोर नेपालको फाइदा लुट्ने देस हरुको ताती छ|जहाँ राहत को नाम आयका ति जहाज हरुमा उनि हरुकै पत्रकार र आसेपासेलाई बोक्ने साधन भएको छ|१० रुपयाँ को कुनै सामान १०० रुपया पुगेको छ|सवारीसाधन देखि इन्धन र किराना देखि खाने पानी सम्म कालोबजारी को बिग बिगी छ|राहत को नाम मा शक्ति केन्द्र रास्ट्र हरुको होठबाजी चलिरहेकै छ|राहत को नाम देसको सिमाना सम्म गएर नेपाल लाइ बेस बनाईएको छ| सयोग गर्नु मानब धर्म हो तर सयोग को नाम गरिब नेपाली को सार्वभौम माथि आघात पुग्ने काम कोहि कतै वाट नहोस| म कसैलाई यो भएन, उ भएन भन्दा पनि हामी पिडा मा छौ |हामीलाई कुनै ठाउँ वाट राहत आवोस तर त्यो राहत पाउने मान्छेलाई थाहा हुन्न तर थाहा होस्| यति खेर सबै ठाउँ बाट सयोग गैरहेको छ| त्यो राम्रो हो तर त्यो राहत कहाँ सम्म पुग्छ त्यो सम्बन्धित पिडित लाइ थाहा होस् |
संसार भर बस्ने नेपाली हरु महाभूकम्प को लागि राहत संकलन गरिरहेका छन्| त्यो यथासिघ्र पिडित को हातमा पुगोस| अर्को तर्फ धेरै घटना हरु सुन्न मा आएको छ कि फेक आइ डी अनि अनलाइन राहत संकलन|हामी हरु यसमा होसियार हुनुपर्ने हुन्छ| सयोग गर्नेको होडबाजी छ अहिले बिदेसमा बस्ने सबै नेपाली हरुमा| तर त्यो होडबाजी ले कतै हामीले गलत गरेका त छैनौ.त्यो ध्यान दिन जरुर छ|किनभने यति ठुलो पर्कोप आउदा सबै संसार मा बस्ने नेपाली हरु सिस्टम मा चल्न सकियोस यानकी जहाँ जसलाई आधिकारीक मानीएको उसै मार्फत पठाउदा पिडित को हात सम्म पुग्ने छ|
अन्त्य मा हामी नेपाली को मन रोएको| जहाँ नेपाल जलिरहेको छ|यसबेला हामी नेपाली त ठुलो म ठुलो भन्नु भन्दा हामी नेपाली एक जुट भएर काम गर्नु पर्छ|आन्तरिक किचलोले देसमा पीडाको आहाल नबनोस|कोहि कसैले जुन देस मा बसेका छौ त्यो देसका नागरिक लाइ डोनेसन बक्स कोही कसैले नमागौ जहाँ अनाधिकारिक रुपमा जसले मागेको छ त्यलाई सचेत बनाऊ|जति सकिन्छ त्यति छिटो एक \दुइ हप्ता भित्र संसार भरि रहेका ३० देखि ४० लाख सम्म मानिसलाई एक दिन को कमाइ दिने बाताबरण सम्बन्धित देसका संग सस्था या नेपाली दुताबास को बिसेस पहलमा हुनुपर्छ|नत्र भने यसको परिणाम धेरै कुर्नु पर्ने छैन|जहाँ उता पिडित मिर्तु सैया मा छटपटी हुने छ भने अर्को तिर चरम अस्थ व्यस्त को पराकाष्ठ ले सिमा नलाग्ला भन्न सकिन्न|
त्येसैले हामीले जति सकीन्छ त्यति छिटो महाभुकम्ब पिडितलाई राहत संकलन गरि नेपाली दुताबास मार्फत पठाउन र तन मन ले सयोग गर्न हामी तयार हुनुपर्छ |
लेखक :- नेपाल सम्पर्क समिती (एन सी सी) दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष हुन् l
No comments:
Post a Comment