अर्जुन बराल | दक्षिण कोरिया
रोजगार अनुमति प्रणालीद्धारा दक्षिण कोरियामा कामगर्न जाने आप्रबासी कामदारको कहालीलाग्दा घटनाहरु एमनेष्टी ईन्टरनेशनलले बाईटर हारर्भेष्ट नामाकरण गरि भियतनाम,नेपाल र कम्बोडियाका आप्रबासी मजदुर बीच प्रत्यक्ष भेटघाट गरि सार्बजनिक गरेको प्रतिबेदन यसबेला चर्चामा रहेपनि नेपाल सरकार समस्या समाधानमा खासै तदरुकताका साथ लागेको पाईदैन् ।
बरु रोजगार अनुमति प्रणालीमार्फत कोरियाको लागि नेपाली श्रमिकको कोटा थप्न चाहन्छ । नेपाली श्रमिकका समस्या हामी कुटनैतिक तवरले समाधान गछौ भन्ने भनाई केवल फगत साबित भएका छन् । त्यतीमात्र होईन दक्षिण कोरिया स्थित नेपाली दुतावास भवन साँधुरो र कामगर्न असजिलो भएको भन्दै साबिक तिरिएको भाडाभन्दा तीनहजार डलर बढी अर्थात दशहजार मासिक भाडामा सर्न अनुमती दिने नेपाल सरकार किन श्रमिक समस्या समाधानमा ध्यान दिदैन ? हेरौ दक्षिण कोरियामा रहेका नेपालीले कसरी पैसा टिप्दा रहेछन् त ।
म दक्षिण कोरिया रोजगार अनुमति प्रणालीबाट कृर्षि भिसामा आएको साँढे दूईबर्ष भयो । म लगाएत तीन जना नेपाली दिदी बहिनी सँगै आएका थियौ । काम खेतबारीमा साग टिप्ने थियो । काम को कुनै समयसिमा थियन, निहुँरिएर कामगर्दा ढाडको समस्या भयो तलब बेलामा पाउँथिन । कहिले त उभिन्नै नसकेपछि कामगर्न गाह्रो हुँन्थ्यो । समस्या साँहुले देख्दैनथ्यो । कामको तनावले साह्रै सताउथ्यो, मर्नुभन्दा बहुलाउँन निको बाँध्य भएर काम छोडेपनि यो प्रबासमा बस्नको लागि सेल्टरको ब्यबस्था नेपाल सरकारले गरेको थियन महिलाको लागि महिला नामक नेपाली संस्थामा बसे, करिब डेढ महिना बसेपछि बल्ल च्याउँ उत्पादन गर्ने ठाँउमा काम पाय । त्यहाँपनि करिब दुईमहिना कामगरेपछि कामबन्द भयो अनि हामी अलपत्र परयौ बिकल्प केहि थियन फेरि कृर्षिमा काम पाउँन नी धेरै गाह्रो अहिले बल्ल छनन् भन्ने ठाँउमा बंगुरफर्ममा काम गदै छु । कहिले कहिले त फर्किएर जाँउ जस्तो लाग्छ । तर बालबच्चाको भबिष्य सोच्छु अनी मनलाई खुम्चाउँछु भनेर आफनो पिडा सुनसरी कि मनिता दाहाल(नाम परिर्बन) ले भनिरहँदा जो कसैको पनि मन रसाएँर आउँछ ।
कपिलबस्तुका नवराजको पनि पिडा त्यस्तै छ । उनी उत्पादनमुलक क्षेत्रअन्र्तगतको भिषामा कोरिया आएका हुँन भने फर्निचर उद्योगमा काम गर्दथे तर साहुँले उनलाई कहिल्यै राम्रो गरेन बिहान काममा जादा बिना कसुर पिट्ने,नेपाल पठाईदिन्छु, अबैधानिक गरिदिन्छु सम्म भन्ने गर्दथ्यो । पिटाई यतिसम्म सहेकि बयान गरिसाध्य छैन सम्झिदा अहिले आङजिरीङ हुन्छ । साँहुले पिट्दा एकदिन शरिरबाट रगत निक्लेपछि पुलीस केश भयो अह् केहि कार्बाही भयन साँहुलाई । मैले अर्को कम्पनिमा कामगर्न जान रिलिज पेपर(कुजीक सिन्को चुङम्यङ्स) पाय अहिले त नर्कबाट फर्किएको जस्तो भाछ भनीहामीलाई बताईरहँदा उनको मुहारमा केहि पिडाका बिम्ब झल्केको प्रष्ट हुन्थ्यो ।
त्यस्तै पश्चिम नेपालका पवन क्षेत्रीकोपनि पिडा् त्यस्तै छ । भर्खर कृर्षि भिषामा दुई महिना अघि कोरिया छिरेका उनी खुर्सानी टिप्ने काम गर्दछन् । बिनाकारण साँहुकी श्रीमतीले त मलाई मन परेन त नेपाल जा भन्दै मानसिक तनाव दिन लागेपछि बाध्य भएर साँहुलाई भनेको उसलेपनि त काममा नजा तलाई म राख्दीन भन्यो साह्रै तनावमा छु । के गर्ने होला ? कसले सहयोग गर्ला ? उनीपनि सहयोगको पर्खाईमा थिय ।
चारबर्ष दश महिना पुरा गरि पुनः कोरिया आयी टेक्सटाईल कम्पनिमा कामगर्ने ईटहरीकी मनु खवासको पिडापनि उस्तै छ उनी भन्छिन सुरु सुरुमा भाषाको समस्या परयो अनी बिदेशी महिला भयको ले जिस्कीने चल्ने गर्न खोज्दथे म त्यसको ठाडै प्रतिपाद गर्दथे । कम्पनिमा जाँदा कम्पनिको कामभन्दा त्यही समस्याले झस्काउँथ्यो तर प्रतिपाद गरेरै छोड्य । कहिले काही त कामको पिडाले पनि सताउँछ महिलाको पिडा धेरै हुन्छन समस्या कसैले बुझीदिदैन ।
बर्दीयाका कुल्मी चौधरीको समस्या सुन्ने जो कोहीपनि तर्सीन्छन् उनी भन्छन् मलाई काम बिगारीस भनेर कोरियनकामदारले त्यत्तिकै पिट्छ । काम नगर्ने भनेर बस्यो अबैधानिक बनाईदिन्छु भन्छ । एकदिन सन्चो नभएर कोठामा बसेको यहाँ काम नगरे बस्न पाउँदेनस् भन्यो साँहुलाई धेरै अनुरोध गरे । काम गर्न सक्दिन रिलिज पेपर दिन उसले ईन्कार गर्छ । नेपालमा रहेका परिवारले महिनै पिच्छे तलब पठाईदेउ भन्छन् । आखिर के कामदारलाई पिट्न पाईन्छ र ?उनी थप्छन् नेपालसरकारले कोरियामा रहेका आफना कामदारको हकअधिकारको ग्यारेन्टीका निम्ति किन कोरियन सरकारसँग माग गर्न सक्दैन् ।
यसरी सर्सती हेर्ने हो भने अबको ईपिएस कोटाबाट कोरिया भित्रिने आप्रबासी कामदारको हकअधिकारको निम्ति सरकारनै सजग हुनुपर्ने देखिन्छ । गर या मरको भरमा कामदार कोरिया पठाईदा राष्ट्रको ईज्जतमा नै दाग लाग्ने निश्चित छ तसर्थ यसबिषयमा सरकार कहिले चनाखो हुँने होला ? यसको उत्तर कहिले पाईएला खै ।

No comments:
Post a Comment